back

कठ्याङ्ग्रिएर एकको मृत्यु

वि.सं.२०७५ माघ १० बिहीवार

438 

shares
GLOBAL IME AD
NTC AD

१० माघ, जुम्ला ।  सिँजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिउँमा कठ्याङ्ग्रिएर मुत्यु भएको छ भने उनका दाजु बाँचे बुढाको अचेत अवस्थामा उद्धार गरिएको छ ।

डाँफे लेकको बाटो हिँड्दै गरेका दाजुभाइ हिमपातका कारण चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेपछि भाइ शिवचन्द्रको बाटोमै मृत्यु भएको थियो । मङ्गलबार साँझ बेपत्ता दाजुको उद्धार गरिए पनि भाइको लास बुधबार मध्याह्न १२ बजे मात्रै भेटिएको थियो ।

स्थानीयवासी नरबहादुर बुढाका अनुसार दुवै दाजुभाइ जुम्लाको पातारासी गाउँपालिकाको पट्माराबाट राडिपाखी खरीद गरेर डाँफे लेक हुँदै सिञ्जाको जोडु गाउँतर्फ जाँदै थिए । घर जान बाटो लागेका उनीहरु नाकुल्ली भन्ने स्थानमा चलेको तीव्र हुरीबतास र हिमपातका कारण चिसोले कठ्याङ्ग्र्रिएर अचेत अवस्थामा पुगेका हुन् । लास भेटिएको स्थानमा करीब दुई फिट बढी हिउँ परेकाले शव घर लैजान अप्ठ्यारो भएको भन्दै घटनास्थलमा नै मृतकको दाहसंस्कार गरिएको आफन्तले बताएका छन् ।

प्रहरी निरीक्षक प्रकाश केसीले घटना वास्तविक भए पनि प्रहरीलाई समयमै जानकारी नहुनु र घटनास्थलमा नै मृतकको दाहसंस्कार गरिनाका कारणबारे अनुसन्धान भइरहेको बताए । भारी हिमपातसँगै चिसोले जुम्लाको जनजीवन कष्टकर बनेको छ । हिँउले स्थानीयवासीलाई ठूलो कामका लागि गाउँबाहिर जान मुस्किल परेको छ ।

चिसोले बालबालिका, वृद्धवृद्धा तथा गर्भवती बढी प्रभावित भएका छन् भने बिरामीको सङ्ख्या पनि बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

वि.सं.२०७५ माघ १० बिहीवार १४:१८ मा प्रकाशित

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म...

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत...

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

काठमाडौं । नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी...

कारको ठक्करबाट बालकको मृत्यु

कारको ठक्करबाट बालकको मृत्यु

सिन्धुली । दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु...