back

हिमपातका कारण सडक अवरुद्ध, यात्रु अलपत्र

वि.सं.२०७५ माघ १० बिहीवार

441 

shares
GLOBAL IME AD
NTC AD

१० माघ, सोलुखुम्बु ।  सडकमा हिउँ जमेपछि सोलुखुम्बु–काठमाडाँै सडक अवरुद्ध भएको छ ।

बुधबार भएको हिमपातका कारण सोलुखुम्बु–काठमाडाँै सडकमा हिउँ जमेपछि यातायात पूर्णरुपमा ठप्प भएको हो । हिउँका कारण पैदल यात्रुको आवतजावत समेत पातलिएको छ । सडक मार्गको मुख्य नाका जिल्लाको पत्तालेमा बाक्लो हिउँ जमेका कारण बुधबारदेखि बिहीबार बिहानसम्म कुनै पनि यातायातका साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा राजधानी काठमाडाँै, प्रदेशको अस्थायी राजधानी विराटनगर लगायत क्षेत्रसँग सोलुखुम्बुको सिधा सडक सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सञ्जीव चौधरीले जानकारी दिए ।

उनकाअनुसार हिउँ जमेको अवस्थामा सवारी सञ्चालन गर्दा हुनसक्ने दुर्घटनालाई दृष्टिगत गरी जिल्ला भित्रने सवारी साधन ओखालढुङ्गाको ढाडेमा र जिल्लाबाट बाहिर जाने सवारी साधनलाई जिल्लाको बाघखोरमा रोकिएका छन् । पत्ताले क्षेत्रमा हिजोदेखि चार ओटा मालवाहक ट्रक फसेको प्रहरी चौकी पत्तालेका हबल्दार विजय सिवाले जानकारी दिए । उनका अनुसार उक्त मालवाहक ट्रक मोडमा फसेको र जेसिवीले समेत तान्न नसकेका कारण उद्धार गर्न सकिएको छैन । मौसममा सुधार आए पनि छायाँ परेको सडक भागमा घाम लाग्न नसक्दा समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सडक यातायात सञ्चालन हुननसक्ने भएपछि यात्रु अलपत्र परेका छन् । बुधबार साँझ सदरमुकाम सल्लेरी आएका केही यात्रु जीपमार्फत बाखखोरमा पुगेर बसेका छन् भने केही यात्रु सदरमुकाम सल्लेरीमै बसेका छन् । आकस्मिक काम परेका यात्रुलाई भने यातायात सञ्चालन नहुँदा समस्या भएको छ । वैदेशिक रोजगारीका लागि शुक्रबार बिहान काठमाडौँ पुग्नुपर्ने स्थानीयवासी रामबहादुर तामाङको भनाइ छ ।

सदा झँै आज साँझ काठमाडाँै पुग्ने र शुक्रबार काम भ्याउने सोचमा रहेका तामाङ सल्लेरीमै रहनुपर्दा निक्कै चिन्तित बनेका छन् । तामाङले भने, “प्लेन चल्छ, चल्दैन थाहा छैन, गाडी त चल्दैन भन्छन्, भोलिको मेरो काम छुट्ने भयो, निक्कै तनावमा छु म ।” अहिले झन्डै एक सय यात्रु पत्ताले क्षेत्रमा रोकिएको ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार मौसममा सुधार आएपछि आज साँझसम्ममा सवारी आवगमन खुलाउने प्रयास भइरहेको छ ।

वि.सं.२०७५ माघ १० बिहीवार १४:३७ मा प्रकाशित

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको...

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा...

देवचुली पर्यटन पदमार्गको सम्भाव्यता अध्ययन कार्यको शुरुवात

देवचुली पर्यटन पदमार्गको सम्भाव्यता अध्ययन कार्यको शुरुवात

काठमाडौँ । देवचुली नगरको दिर्घकालिन पर्यटन विकास गर्ने उद्देश्यका साथ...

तीन हजारभन्दा बढीले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

तीन हजारभन्दा बढीले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ह्वात्तै घट्ेको छ...

रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने

रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने

तम्घास । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन...