back

साउथ एशियन ओलम्पिक काउन्सिलको बैठक मार्च २ मा

वि.सं.२०७५ माघ १० बिहीवार

462 

shares
GLOBAL IME AD
NTC AD

१० माघ, काठमाडौँ – रासस दक्षिण एशियाली खेलकूद (साग)को नयाँ मिति आगामी मार्चमा घोषणा हुने भएको छ ।
आगामी चैत महीनाका लागि तोकिएको दक्षिण एशियाली खेलकूद (साग) पूर्वाधारका कारण गर्न नसक्ने पत्र राष्ट्रिय खेलकूद परिषद्ले नेपाल ओलम्पिक कमिटीलाई पठाएपछि यसबारे छलफल गर्न साउथ एशियन ओलम्पिक काउन्सिलको बैठक आगामी मार्च २ मा बस्ने भएको छ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं साउथ एशियन ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले राखेपको पत्र प्राप्त भएको र यसबारे छलफल गर्न आगामी मार्च २ मा साउथ एशियन ओलम्पिक काउन्सिलको बैठक थाइल्याण्डमा बस्ने जानकारी दिएका छन् ।
उक्त बैठकले दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को नयाँ मितिको टुङ्गो लगाउनेछ । “प्रतियोगिताको मिति घोषणा गर्न सबै सदस्य राष्ट्रको सहमति चाहिन्छ, हामी बैठकमा यसबारे छलफल गरेर टुङ्गोमा पुग्छौँ,”े उन्ले भने ।
मार्चको पहिलो साता बैंककमै एशियन ओलम्पिक कमिटीको विशेष साधारणसभा आयोजनासमेत हुँदैछ । सोही अनुकूलतालाई आधार मानेर साउथ एशियन ओलम्पिक काउन्सिलको बैठक राखिएको श्रेष्ठको भनाइ छ ।
यसअघि साग प्रतियोगिता आगामी मार्च ९ देखि १८ सम्म नेपालमा आयोजना गर्ने निर्णय भएको थियो । तर समयमै तयारी अगाडि नबढाउँदा प्रतियोगिता निर्धा्रित मितिमा गर्न नसकिने स्पष्ट देखिएको छ ।
सरकारले समेत नेपाल ओलम्पिक कमिटीलाई पत्र लेख्दै मार्चका लागि निर्धारण गरेको मितिमा प्रतियोगिता आयोजना गर्न नसकिने स्पष्ट पार्दै सेप्टेम्बरका लागि नयाँ मिति तोक्न पहल गर्न आग्रह गरेको थियो ।

वि.सं.२०७५ माघ १० बिहीवार १६:४० मा प्रकाशित

नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित

नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित

काठमाडौँ, ६ जेठ स् आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत...

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

काठमाडौँ, ५ जेठ स् नेपालले पहिलो पटक आइसिसी महिला टी–२०...

गण्डकी कप महिला फुटबल आगामी असारमा

गण्डकी कप महिला फुटबल आगामी असारमा

गण्डकी । प्रथम गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार...

चीनमा मानिस र रोबोटबिच दौड प्रतियोगिता

चीनमा मानिस र रोबोटबिच दौड प्रतियोगिता

काठमाडौँ । चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन दौड भएको...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौँ । यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ आजदेखि...

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिका पर्वतले ‘गाउँपालिका अध्यक्ष कप–२०८२’ अन्तर्गत भलिबल प्रतियोगिता तथा...