
११ माघ काठमाडौ । सरकारले गुणस्तरहीन पानी बिक्री वितरण गर्दै आएका ५२ वटा पानी उद्योगमा सिलबन्दी गरेको छ । प्रविधि तथा गुण नियन्त्रण विभाग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चालु आर्थिक वर्षमा पुसको पहिलो सातासम्म विभिन्न जिल्लामा गरेको अनुगमनका क्रममा गुणस्तरहीन पानी बिक्रि वितरण गरेको पाएपछि ती पानी उद्योगमा सिलबन्दी गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार ती पानी उद्योग प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४ विपरीत सन्चालन भइरहेको पाइएपछि सिलबन्धी गरिएको हो । पिउने पानी उत्पादन गर्ने अधिकांश उद्योगले मापदण्ड पूरा नगरी उद्योग सन्चालन गरेको पाइएपछि सिलबन्दी गरिएको उनले बताए । आजको राजधानी दैनिक समाचार छ ।
वि.सं.२०७५ माघ ११ शुक्रवार ०८:०३ मा प्रकाशित