
११ माघ काठमाडौ । नेपालका नदीमा पानीजहाज सन्चालन भएको देख्ने नेपाली जनताको वर्षैदेखीको सपना अब पुरा हुने भएको छ । सरकारले कोसी र नारायणी नदीमा आगामी १ वर्ष भित्र पानीजहाज सन्चालन प्रक्रिया अगाडि बढाउने भएपछि नेपाली जनताको त्यो सपना पुरा हुने भएको छ ।
पानीजहाज सन्चालनका लागि सरकारले यससम्बन्धी कार्यालय स्थापना गर्ने निर्णय एक साताअघि नै गरिसकेको छ । सोही कार्यालयमार्फत पानीजहाज दर्तालगायत आवश्यक सम्पुर्ण प्रक्रिया अघि बढाउने बताइएको छ । आजको राजधानी दैनिक समाचारमा छ ।
वि.सं.२०७५ माघ ११ शुक्रवार ०८:१३ मा प्रकाशित