Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

अमेरिका आएपछि ख्याल गर्नुपर्ने ३ कुरा



 

अमेरिका अवसरको मुलुक हो । सपनाको संसार हो । अमेरिका आउने अन्तिम ईच्छा भएता पनि कुनै नकुनै कारण अमेरिका आउन पाइएमा ३ चिज सोधेमा नराम्रो चाही हुदैन । सोधेर बिग्रिने कुरा केही हुदैन । सोध्न पैसा पनि लाग्दैन । तर वकिल संग सोध्न चाही पैसा पनि तिर्नु पर्छ ।

अमेरिका आउन अब त्यति सजिलो छैन । तर मानिस भने आईरहेका छन् । तर अमेरिका पहिलाको जस्तो सरल छैन । त्यो अमेरिका बस्नेले भन्दा सामाजिक संजालमा झुन्डिनेले सबै कुरा थाहा पाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएपछि उनले निर्वाचनको दौरानमा उम्मेदवार हुदाँ गरेका प्रतिबद्धता प्रति उनि दृढ छन् । हामीले ज्यादा भन्ने पर्दैन । सबै कुरा सबैले छर्लंग देखेका छन् । हाल अमेरिका सबैको लागि ऐना जस्तो भएको छ ।

अमेरिकामा भएका गतिबिधि प्रति सबै को कान ठाडो हुन्छ । ध्यान दिएर सुनिन्छ । तथापी जुनसुकै तरीका अपनाएर अमेरिका आएकाले सबै भन्दा पहिला ३ कुराहरु सोध्नु पर्छ । ३ कुराहरु आफन्त,साथीभाई, छिमेकि, परिवार, दाजुभाइ । दिदीबहिनी, कुटुम्ब जो सँग पनि सोधे हुन्छ ।

तीन कुराहरु क्रमस अमेरिका जे जसरी आएकाले, पहिलो प्रश्न अमेरिका बस्न पाइने उपाय के हुन् सक्छ ? अर्थात् अमेरिकामा कसरी कानुनी रुपमा बस्न पाइन्छ ? कसरी अमेरिकामा जरो गाढ्ने ? कसरी स्थायी रुपमा बस्न पाइन्छ भन्ने तर्फ लाग्नु भयो भने तपाई बस्न पनि पाउन सक्नु हुन्छ ।

अमेरिकामा चिट्ठा या अन्य कुनै उपायबाट अमेरिका आएका बाहेक सबैले यही प्रश्न गरेर स्थायी रुपमा बस्न पाएका छन् । अमेरिकाका धनि पनि बनेका छन् । व्यवसाय गरेका छन् । पसल खोलेका छन् । कमाएका छन् । यस बिषयमा सोध्नु भएन भने अमेरिकामा भौतारी रहनु पर्छ । अमेरिका बसेकालाई यो कुरा एकपटक सोध्नु होला । उनीहरु कहा कहाँ गए ? कसरी स्थायी रुपमा बस्न पाए भन्ने कुराको सबैको कथा यसरी सोधेर नै बनेको हुन्छ । सबैले अनेक उपाय गरेर कसरी अमेरिका बस्न सकिन्छ भनेर हजारौ दाउ निकालेर सफल भएका हुन्छन ।

दोश्रो, जागिर कसरी खाने ? कहाँ काम पाइन्छ ? कसलाई भन्नु पर्ने हो ? के के उपाय छन् ? यस्ता कुरामा यहाहरु ७ दिन जेठो हुनु भएन भने दुःख पाइन्छ । अमेरिका आएपछि कसरी डलर कमाउनेतर्फ लाग्नु पर्छ त्यो सबैभन्दा ठूलो प्राथमिकता हुन्छ । त्यो कसैले भन्नै पर्दैन । अमेरिका आउने अधिकांशको यही उद्देश्य हुन्छ । अमेरिका जे जसरी आएता पनि यो कुरा सबै संग प्रष्ट राख्नु नै हित हुन्छ । बिस्तारै भनौला गरौला भनेर अमेरिका भनियो भने निकै ढिलो हुन्छ । आएपछि सबैसँग सम्पर्क गर्ने र जागिरको लागि ज्यान दिने ।

त्यति मात्र हैन,सामाजिक संजाल मुहार पुस्तिकाबाट चिनिएका साथीभाई सबैलाई गुहार्नु पर्छ । भनिएन भने हुदैन । जे जस्तो परिस्थितिमा जुध्न तयार छु मलाई केवल काम मात्र लगाई दिनु भन्नु पर्छ । अमेरिका हरेक कामको इज्जत हुन्छ । यो गर्छु, त्यो गर्छु भन्दा पनि खुट्टा टेक्दै गर्छु भन्ने सोचाई राख्नुपर्छ । जो कोही ले पनि यो आफ्ना आफन्त, साथीभाई, छिमेकि, परिवार ,दाजुभाई,दिदीबहिनी तथा कुटुम्बलाई सोध्नु होला ।

तेश्रो,बस्ने घर (छाप्रो) को व्यवस्था ः अमेरिका आएपछि जो सुकैले पनि धेरै दिन बस्नु हुदैन भन्ने मनमा लिनुपर्छ । त्यो राम्रो उपाय हो । थेत्तरो बन्नु हुदैन । अमेरिकामा कसैको घरमा घ्याक हाल्नु हुदैन । जव बस्ने कागजात र काम गर्ने अनुमति पाइन्छ तब घर भाडामा लिने बाटो खुल्दछ । कानुनी कागज बनेपछि जागिर पाइन्छ । अमेरिकामा लाखौ मानिससँग कानुनी रुपमा बस्ने कागजात छैन उनीहरु काम गरि रहेका हुन्छन् । अमेरिकामा अपराधिक गतिबिधि वाहेकमा संलग्न भइएन भने सबै कुरा राम्रो हुन्छ ।

अमेरिकामा ओत लाग्नको लागी अचेल सरल छ । प्रसस्त नेपालीहरुको बसोबास जताततै भएकोले त्यो समस्या अब हुदैन । सशुल्क अतिथि लगाउने पनि चलन अमेरिकमा रहेकोले त्यसरी पनि बस्न सकिने छन । तथापी क्षणिक समयको लागि अर्कोकोमा बसेता पनि आफू आफ्नै घरभाडा या कोठा लिने व्यवस्था मिलाउनु पर्छ ।

घुमी फिरी रुम्झाटार भने झैँ, अमेरिका केही गरी आएमा अमेरिका बस्न पाइने उपाय के ? जागिर कसरी खाने ? बस्ने घर ( छाप्रो) को व्यवस्था कसरी गर्ने मात्र सोध्नुपर्छ । अन्य थुप्रै कुराहरु रहेता पनि प्रारम्भिक चरणमा अमेरिका आई अमेरिका बस्न भित्रि चाहना गर्नेले यस्ता कुराहरु प्रष्ट भन्नु पर्छ । अमेरिकामा व्यस्त मानिस हुने हुनाले आफैले यस्ता कुरामा चासो देखाई अग्रसर भएमा अमेरिका बस्न पाइने हुन्छ । जागिर पनि पाइन्छ र तेश्रो टाउको लुकाउने ओत अर्थात् घर पनि पाइन्छ ।

यी कुराहरु सबैमा भने लागू चाही हुदैन । कोही नितान्त घुम्ने उद्धेश्यले मात्र आएका पनि हुन्छन । तथापी अमेरिका आएपछि महादेवको पनि तीन नेत्र भने झै अमेरिका आएपछि दिमाग खराव पनि हुन्छ । बसौ बसौ लागि हाल्छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

काठमाडौं । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा २५

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहाल विजयी भएकी

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय