
११ माघ काठमाडौ । आज संसद्मा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यसुची छ । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांगे्रस तनाव निम्त्याउने तयारीमा छन् । सोमबार र मंगलबारका ५ बैठक कांग्रेसको अवरोधका कारण कार्यसुची प्रस्तुत हुन नपाई स्थगित भएपछि शुक्रबार दिउँसो १ बजेको लागि अर्को बैठक आह्वान भएको हो ।
शुक्रबार नेकपा जसरी पनि विधेयक प्रस्तुत गर्ने रणनितिमा छ । तर, कांग्रेस जुनसुकै हालतमा रोक्ने योजनामा छ । मंगलबार नै धकेलाधकेलको अवस्था पुगेको तनाव शुक्रबार थप बढ्ने संकेत दुवै पक्षका सांसदहरुले दिएका छन् । आजको नयाँ पत्रिका दैनिक समाचारमा छ ।