back

महायज्ञमा एक करोड ५७ लाख सङ्कलन

वि.सं.२०७५ माघ ११ शुक्रवार

447 

shares
GLOBAL IME AD
NTC AD

११ माघ, नारायणपुर । दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बराहक्षेत्र मावि सेवार वनगाउँमा प्राविधिक शिक्षाका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा रु एक करोड ५७ लाखभन्दा बढी दान सङ्कलन भएको छ ।

‘श्रीमद्भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ को आठौँ दिनसम्म रु एक करोड ५७ लाख ३३८ दान सङ्कलन भएको महायज्ञका निर्देशक प्राडा अर्जुन बुढाथोकीले जानकारी दिए ।

महायज्ञको आठौँ दिन मात्रै रु ४२ लाख ४५८ दान सङ्कलन भएको छ । घोराही उपमहानगरपालिका–१३ बस्ने खिमबहादुर डिसीले रु छ लाख दान गर्नुभएको छ । यस्तै दानपेटिकाबाट बिहीबारसम्म रु ५८ हजार ४७५ सङ्कलन भएको छ ।

एक करोड दीप प्रज्वलन

महायज्ञमा एक करोड दीप प्रज्वलन गरिएको छ । महायज्ञको आठाँै दिन बिहीबार एक करोड दीप प्रज्वलन गरिएको थियो । देशमा शान्तिको कामना गर्दै पितृहरूको सम्झनामा दीप प्रज्वलन गरिएको आयोजक मूल समितिका संयोजक विमला योगीले जानकारी दिए । दीप प्रज्वलनका लागि भक्तजनको बाक्लो उपस्थिति रहेको थियो ।

१००८ कन्या पूजन गरिने

महायज्ञको अन्तिम दिन शुक्रबार १००८ कन्याको पूजा गरिने आयोजकले जानकारी दिएको छ । आयोजक मूल समितिका सहसंयोजक कुलबहादुर घर्तीले सम्पूर्ण अभिभावकलाई आफ्ना कन्यालाई पूजन कार्यक्रममा सहभागी गराइदिनुहुन अनुरोध गरेका छन् ।

वि.सं.२०७५ माघ ११ शुक्रवार ०९:२० मा प्रकाशित

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि प्राध्यापकले जातीय विभेद...

बाँझो बारीमा आलुखेती गर्दै पालिका

बाँझो बारीमा आलुखेती गर्दै पालिका

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि...

बेलायतमा नेपाली भजन महोत्सव

बेलायतमा नेपाली भजन महोत्सव

बेलायत । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली...

गण्डकीसहित तीन प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना !

गण्डकीसहित तीन प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना !

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...