back

‘जलवायु परिवर्तनको दौडमा हामीहरू विफल हुने खतरा छ’ : राष्ट्रसङ्घ प्रमुख

वि.सं.२०७५ माघ ११ शुक्रवार

420 

shares
GLOBAL IME AD
NTC AD

११ माघ, डाभोस, स्वीट्जरल्याण्ड ।  विश्वले जलवायु परिवर्तनविरुद्धको दौडमा हार्ने अवस्था आएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताए ।

बिहीबार स्वीट्जरल्याण्डको डाभोसमा भइरहेको विश्व आर्थिक मञ्चअन्तर्गत ‘विश्वका नेताहरूको अनौपचारिक’ भेलामा बोल्दै उहाँले विश्वका सरकारहरूले जलवायु परिवर्तनबाट आउनसक्ने विनाशकारी तापमान वृद्धिलाई रोक्न साहसी कदम चाल्नुपर्ने बताए ।

जलवायु परिवर्तन हाम्रा समयको जटील समस्या भएको छ । हामीले जलवायु परिवर्तन समस्या समाधान गर्ने दौडमा हारको सङ्घारमा पुगेका छौँ ।

“जलवायु परिवर्तनबारे विश्वमा देखिएका प्रवृत्तिलाई उल्ट्याउन निर्वाधरूपले लाग्नुपर्ने देखिएको छ ।”

गत महिना पोल्याण्डमा सम्पन्न जलवायुबारे पेरिस सम्झौतालाई अघि बढाउने योजनाका साथ आएको संयुक्त राष्ट्रसङ्घको सम्मेलनपछि भएको विश्व नेताहरूको भेलामा गुटेर्रेसले विश्वले आवश्यक समाधान निकाल्नेमा आफू ‘आशावादी नरहेको’ बताए ।

तर उनले जोड दिए, “हामीमा राजनीतिक इच्छाशक्ति रहनु आवश्यक छ र सबै देशका सरकारहरूले आफ्नो समयको प्राथमिकतालाई बुझ्नु सबैभन्दा महत्वपूर्ण विषय हो ।”

पेरिस सहमतिबाट संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुक पछि हट्ने बताएपछि जलवायु परिवर्तनबाट सिर्जित समस्यासँग जुध्ने विश्वका नेताहरूको सङ्कल्पमा समस्या उब्जिएको थियो । अमेरिकाको निर्णयसँगै ब्राजिल पनि अमेरिकालाई पछ्याउने बाटोमा देखिएको छ ।

उक्त अवसरमा पेरिसमा गरिएका प्रतिबद्धता अझै पनि प्रशस्त नहुने बताएका छन् ।

“यदि हामीले पेरिसमा जे सहमति ग¥यौँ त्यसलाई कार्यान्वयन गर्दा पनि विश्वको तापमान वृद्धि ३.० डिग्री सेल्सियसले वृद्धि हुनेछ,” उनले डाभोसबाट फेसबुक प्रत्यक्ष प्रसारणमा बताए ।

“सबै राष्ट्रले जलवायु परिवर्तन समस्यासँग जुध्न कडा प्रतिबद्धता जनाउनु अनिवार्य छ,” गुटेर्रेसले भने । उनले यो समस्यासँग जुध्न थप उपाय अवलम्बन गर्नु र वातावरणलाई सन्तुलित पार्नुको विकल्प छैन । उनले गरिब राष्ट्रहरू, जसको जलवायु परिवर्तनमा खासै भूमिका छैन तर यसको असरबाट प्रभावित बनिरहनुपरेको छ, उनीहरूलाई आर्थिक सहयोग उपलब्ध गराउनु जरूरी भएको छ ।

डाभोस सम्मेलनपूर्व विश्व आर्थिक मञ्चले गरेको सर्वेक्षणले भेलाका सहभागीको मुख्य चासो जलवायु परिवर्तन र मौसमसम्बन्धी बढ्दो विषम गतिविधि नै रहने देखाएको थियो ।

वि.सं.२०७५ माघ ११ शुक्रवार ०९:२६ मा प्रकाशित

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले...

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

  बेइजिङ । कथित डम्पिङमाथि गरिएको अनुसन्धानपछि चीनले सोमबार अमेरिका,...

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

नयाँदिल्ली । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि...

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजा सिटी । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक...

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...