Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

दुर्घटनामा घाइते पत्रकारलाई राहत



११ माघ, दाङ ।  नेपाल पत्रकार महासङ्घ दाङ शाखाको बैठकले दुर्घटनामा परी घाइते  भएका कार्यसमिति सदस्य प्रेमविवश घर्ती र साधारण सदस्य अमर क्षितिज भण्डारीलाई रु पाँच÷पाँच हजार राहत प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै पत्रकार विकास डाँगीको आमाको उपचारका लागि रु १० हजार सहयोग गर्ने निर्णय गरेको छ । बैठकले पत्रकार डाँगीको आमाको उपचारका लागि आर्थिक अभाव भएका कारण सहयोग गरिदिन सबैलाई आह्वानसमेत गरेको छ ।

पत्रकार महासङ्घ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा बसेको बैठकले घोराही उपमहानगरपालिकाले नेपाल पत्रकार महासङ्घको संस्थागत विकासका लागि विनियोजन गरेको बजेट पत्रकार महासङ्घको भवनको स्तरोन्नतिका लागि खर्च गर्ने निर्णय गरेको छ ।

लामो समय पत्रकारिता क्षेत्रको विकासका लागि क्रियाशील रहेर नेपाल पत्रकार महासङ्घ दाङ शाखाका संस्थापक सदस्यसमेत रहेका टीकाराम रेग्मीले दिएका राजीनामा स्वीकृत गर्दै बैठकले विशेष सम्मानका साथ बिदाइ गर्ने निर्णयसमेत गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। स्थानीय तहमा पार्टीकाे

बिहेमा आफ्न्त तथा साथी भाइले दिएको उपहारको पोको खोल्ने क्रममा एक बेहुलाको दुवै आँखा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय