back
CTIZAN AD

भूकम्प प्रतिरोधी घर बन्दै

वि.सं.२०७५ माघ ११ शुक्रवार

1.5K 

shares

११ माघ, बर्दिवास ।  महोत्तरी जिल्लाको उत्तरी क्षेत्र र आसपासका छिमेकी जिल्लाका गाउँनगर बस्तीमा अब धमाधम भूकम्प प्रतिरोधी पक्की घर, भवन बन्न थालेका छन् ।

महोत्तरी जिल्लाको बर्दिवास, भङ्गाहा र बलबा एवं धनुषा जिल्लाको मिथिला नगरपालिकामा तालीम प्राप्त दक्ष डकर्मी बढ्दै गएपछि यी नगरसहित छिमेकको सिन्धुली जिल्लाका कमलामाई र दूधौली नगरपालिका क्षेत्रमा पनि धमाधम भूकम्प प्रतिरोधी घर, भवन बन्न थालेका छन् ।

सामुदायिक विकास तथा पैरवीमञ्च नेपाल, बर्दिवास महोत्तरीले सञ्चालन गरेको सामुदायिक उत्थान परियोजना महोत्तरी, धनुषामार्फत महोत्तरीका तीन र धनुषाको एक समेत चार नगरपालिका क्षेत्रका डकर्मी काम गर्नेलाई भूकम्प प्रतिरोधी घर, भवन बनाउने सीप सिकाएपछि त्यसको सकारात्मक प्रभाव यस भेगमा देखिएको हो । पछिल्ला दुई वर्षयता आफ्नो वडाबस्तीमा बनेका पक्की घरमध्ये धेरैजसो भूकम्प प्रतिरोधी बनेका बर्दिवास–३ का वडाअध्यक्ष राजन ढुङ्गानाले बताए ।

पैरवी मञ्चले विसं २०७३ देखि हालसम्म महोत्तरीका तीन र धनुषाको एकसहित चार नगरपालिकाका–६३ जना डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने दक्षता अभिवृद्धि तालीम दिइसकेको छ । पछिल्लो पटक विसं २०७५ को यो तालीम भर्खरै २० जनाले लिएका र अघिल्ला दुई वर्षमा ४३ जनाले लिएका पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले जानकारी दिए ।
तालीम लिएपछि आपूmहरुको सम्पर्कमा रहँदै आएका यसअघिका तालीम प्राप्त ४३ जना डकर्मीले महोत्तरीको बर्दिवास, धनुषाको मिथिला र सिन्धुलीका कमलामाई र दूधौली नगरपालिका क्षेत्रमा समेत हालसम्म ५८३ वटा भूकम्प प्रतिरोधी पक्की घर बनेका अभिलेख रहेको पैरवी मञ्चले जनाएको छ ।
नयाँ सीप सिकेका डकर्मीले घर बनाउने धनीलाई भूकम्प प्रतिरोधी घर बनाउन अभिप्रेरित गर्ने र आपूmले अब पुरानो परम्पराको घर नबनाउने अडान लिन थालेपछि भूकम्प प्रतिरोधी घर, भवन बन्न थालेका हुन् । “हामी त पहिलेदेखि नै घर बनाउने काम गर्दै आएका थियौंँैं, अहिले नयाँ तरिका प्रविधिले बनाउन थालेका छौं” दुई वर्षअघि भूकम्प प्रतिरोधी घर बनाउने तालीम लिएका बर्दिवास–१४ का उपेन्द्र मुखियाले भने ।

तालीम प्राप्त यी डकर्मी कामका लागि महोत्तरी, धनुषाबाहेक सिन्धुली पनि जाने गरेका छन् । मधेशबाट काम गर्न आफ्नो बस्ती आउने गरेका डकर्मीको प्रेरणाले अब बाक्लै भूकम्प प्रतिरोधी घर बन्न थालेका सिन्धुलीको दूधौली नगरपालिका–१ का वडाअध्यक्ष गोविन्द पहाडी बताउछन् ।

पछिल्लो समयमा भूकम्प प्रतिरोधी घर बनाउने दक्षता अभिवृद्धि तालीम लिएका डकर्मी बढ्दै गएपछि नगरमा नयाँ प्रविधिको घर, भवन बन्न लागेका महोत्तरीको भङ्गाहा नगरपालिकाका उपप्रमुख गङ्गादेवी सिंह दनुवारको भनाइ छ । यसैबीच बर्दिवास नगरपालिका कार्यालयको शहरी विकास तथा भवन निर्माण शाखाका प्रमुख इञ्जिनीयर टेक कटुवालले पनि तालीम प्राप्त दक्ष डकर्मी बढ्दै गएपछि घर बनाउने तयारीमा रहेका अब चाँडै भूकम्प प्रतिरोधी घर बनाउने कुरामा सहमत हुँदै गएको बताए ।

वि.सं.२०७५ माघ ११ शुक्रवार १२:५६ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...