back

भूकम्प प्रतिरोधी घर बन्दै

वि.सं.२०७५ माघ ११ शुक्रवार

744 

shares
GLOBAL IME AD
NTC AD

११ माघ, बर्दिवास ।  महोत्तरी जिल्लाको उत्तरी क्षेत्र र आसपासका छिमेकी जिल्लाका गाउँनगर बस्तीमा अब धमाधम भूकम्प प्रतिरोधी पक्की घर, भवन बन्न थालेका छन् ।

महोत्तरी जिल्लाको बर्दिवास, भङ्गाहा र बलबा एवं धनुषा जिल्लाको मिथिला नगरपालिकामा तालीम प्राप्त दक्ष डकर्मी बढ्दै गएपछि यी नगरसहित छिमेकको सिन्धुली जिल्लाका कमलामाई र दूधौली नगरपालिका क्षेत्रमा पनि धमाधम भूकम्प प्रतिरोधी घर, भवन बन्न थालेका छन् ।

सामुदायिक विकास तथा पैरवीमञ्च नेपाल, बर्दिवास महोत्तरीले सञ्चालन गरेको सामुदायिक उत्थान परियोजना महोत्तरी, धनुषामार्फत महोत्तरीका तीन र धनुषाको एक समेत चार नगरपालिका क्षेत्रका डकर्मी काम गर्नेलाई भूकम्प प्रतिरोधी घर, भवन बनाउने सीप सिकाएपछि त्यसको सकारात्मक प्रभाव यस भेगमा देखिएको हो । पछिल्ला दुई वर्षयता आफ्नो वडाबस्तीमा बनेका पक्की घरमध्ये धेरैजसो भूकम्प प्रतिरोधी बनेका बर्दिवास–३ का वडाअध्यक्ष राजन ढुङ्गानाले बताए ।

पैरवी मञ्चले विसं २०७३ देखि हालसम्म महोत्तरीका तीन र धनुषाको एकसहित चार नगरपालिकाका–६३ जना डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने दक्षता अभिवृद्धि तालीम दिइसकेको छ । पछिल्लो पटक विसं २०७५ को यो तालीम भर्खरै २० जनाले लिएका र अघिल्ला दुई वर्षमा ४३ जनाले लिएका पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले जानकारी दिए ।
तालीम लिएपछि आपूmहरुको सम्पर्कमा रहँदै आएका यसअघिका तालीम प्राप्त ४३ जना डकर्मीले महोत्तरीको बर्दिवास, धनुषाको मिथिला र सिन्धुलीका कमलामाई र दूधौली नगरपालिका क्षेत्रमा समेत हालसम्म ५८३ वटा भूकम्प प्रतिरोधी पक्की घर बनेका अभिलेख रहेको पैरवी मञ्चले जनाएको छ ।
नयाँ सीप सिकेका डकर्मीले घर बनाउने धनीलाई भूकम्प प्रतिरोधी घर बनाउन अभिप्रेरित गर्ने र आपूmले अब पुरानो परम्पराको घर नबनाउने अडान लिन थालेपछि भूकम्प प्रतिरोधी घर, भवन बन्न थालेका हुन् । “हामी त पहिलेदेखि नै घर बनाउने काम गर्दै आएका थियौंँैं, अहिले नयाँ तरिका प्रविधिले बनाउन थालेका छौं” दुई वर्षअघि भूकम्प प्रतिरोधी घर बनाउने तालीम लिएका बर्दिवास–१४ का उपेन्द्र मुखियाले भने ।

तालीम प्राप्त यी डकर्मी कामका लागि महोत्तरी, धनुषाबाहेक सिन्धुली पनि जाने गरेका छन् । मधेशबाट काम गर्न आफ्नो बस्ती आउने गरेका डकर्मीको प्रेरणाले अब बाक्लै भूकम्प प्रतिरोधी घर बन्न थालेका सिन्धुलीको दूधौली नगरपालिका–१ का वडाअध्यक्ष गोविन्द पहाडी बताउछन् ।

पछिल्लो समयमा भूकम्प प्रतिरोधी घर बनाउने दक्षता अभिवृद्धि तालीम लिएका डकर्मी बढ्दै गएपछि नगरमा नयाँ प्रविधिको घर, भवन बन्न लागेका महोत्तरीको भङ्गाहा नगरपालिकाका उपप्रमुख गङ्गादेवी सिंह दनुवारको भनाइ छ । यसैबीच बर्दिवास नगरपालिका कार्यालयको शहरी विकास तथा भवन निर्माण शाखाका प्रमुख इञ्जिनीयर टेक कटुवालले पनि तालीम प्राप्त दक्ष डकर्मी बढ्दै गएपछि घर बनाउने तयारीमा रहेका अब चाँडै भूकम्प प्रतिरोधी घर बनाउने कुरामा सहमत हुँदै गएको बताए ।

वि.सं.२०७५ माघ ११ शुक्रवार १२:५६ मा प्रकाशित

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं...

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको...

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा...

देवचुली पर्यटन पदमार्गको सम्भाव्यता अध्ययन कार्यको शुरुवात

देवचुली पर्यटन पदमार्गको सम्भाव्यता अध्ययन कार्यको शुरुवात

काठमाडौँ । देवचुली नगरको दिर्घकालिन पर्यटन विकास गर्ने उद्देश्यका साथ...

तीन हजारभन्दा बढीले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

तीन हजारभन्दा बढीले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ह्वात्तै घट्ेको छ...