back
CTIZAN AD

तालिबानका सहसंस्थापक बरादरको नेतृत्वमा वार्ता टोली गठन

वि.सं.२०७५ माघ ११ शुक्रवार

828 

shares

११ माघ, काबुल । अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले कतारको दोहामा रहेको राजनीतिक कार्यालयको नयाँ प्रमुखमा तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरेको छ ।
अफगानिस्तानमा विगत १७ वर्षदेखि जारी युद्धको अन्त्यको उपाय पहिल्याउन संयुक्तराज्य अमेरिकासँग दोहामा सोमबारदेखि शुरु भएको वार्तामा बरादर सहभागी हुनेछन् ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बिहीबार जारीे गरेको विज्ञप्तिमा तालिबानका वरिष्ट सदस्य मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरिएको उल्लेख छ । विज्ञप्तिमा बरादरलाई दोहा कार्यालयको प्रमुखका रुपमा जिम्मेवारी दिएको जनाइएको छ ।
दोहामा अमेरिकी अधिकारीहरुसँग चार दिनदेखि प्रत्यक्ष वार्ता गरिसकेपछि पछिल्लो घोषणा गरिएको छ । दुबै पक्षबीच शुक्रबार वार्ता हुने नहुनेबारेमा स्पष्ट भइसकेको छैन ।
विश्लेषकहरुले “अभूतपूर्व” भनेको उक्त वार्तापछि कुनै किसिमको सहमति हुने आशा पलाएको बताएका छन् । वार्ताले अफगान मामिलामा विस्तृत शान्ति सम्झौताका लागि मार्गप्रशस्त गर्ने विश्वास गरिएको छ ।
तर अमेरिकाले वार्ताका बारेमा कुनै प्रतिक्रिया दिएको छैन, तर अमेरिकाले मङ्गलबार अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजाद र तालिबानका प्रतिनिधिबीच कतारमा वार्ता गरिएको पुष्टि गरेको छ ।
वार्तामा सहभागी नबनाएकामा असन्तुष्टी जनाएका अफगानी अधिकारीहरुले कुनै सहमति गर्दा अफगान सरकारलाई सामेल गराउनै पर्ने चेतावनी दिएको छ ।
विगतमा दोस्रो नम्बरका नेता बरादरले तालिबान आन्दोलनका संस्थापक एवं सन् २०१३ मा निधन भएका मुल्लाह ओमारलाई समर्थन गरेका थिए ।
सन् २०१० मा पाकिस्तानमा पक्राउ परेका बरादरलाई दोहामा पहिलो वार्ता शुरु भएलगत्तै गत अक्टोबरमा रिहा गरिएको थियो । दोहामा तालिबान र अमेरिकी विशेषदूत खलिलजादबीच भएको पहिलो वार्तामा पनि बरादर सहभागी भएको विश्वास गरिन्छ, तर दुबै पक्षले यस बारेमा केही खुलाएका छैनन् ।
मुल्लाह बरादरका अलाबा तालिबानको सैनिक एवं नागरिक विभागहरुका पदमा धेरैवटा परिवर्तन गरिएको तालिबानले वक्तव्यमा जनाएको छ ।

वि.सं.२०७५ माघ ११ शुक्रवार १३:३० मा प्रकाशित

 अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

 अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

नयाँदिल्ल । नयाँदिल्लीको एक अदालतले बिहीबार भारतको परीक्षा प्रणालीविरुद्ध अनशनरत...

अमेरिकी महिलाको रिहाइमा ‘शुभेच्छाको इशारा’:  भन्दै राष्ट्रपति ट्रम्पद्धारा प्रशंसा

अमेरिकी महिलाको रिहाइमा ‘शुभेच्छाको इशारा’:  भन्दै राष्ट्रपति ट्रम्पद्धारा प्रशंसा

वाशिङटन, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार...

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...