back

मौसम बदली, वर्षा र हिमपातको सम्भावना

वि.सं.२०७५ माघ ११ शुक्रवार

516 

shares
GLOBAL IME AD
NTC AD

११ माघ, काठमाडौ । मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुन्का साथै अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् विभूति पौखरेले बताए ।

उनका अनुसार पश्चिम र मध्यक्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ । राति देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै भोलि शनिबार मौसममा आंशिकदेखि सामान्य बदली हुने र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि केही बढी नै को हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै जुम्लाको तापक्रम माइनसका झरेको छ । सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २५ दशमलव ५ डिग्री सेल्सियस छ ।

वि.सं.२०७५ माघ ११ शुक्रवार १४:०३ मा प्रकाशित

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

काठमाडौँ, ५ जेठः जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान...

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

काठमाडौँ  । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष...

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा...

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...

गणतन्त्र दिवस मूल समारोह समिति गठन

गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी...

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...