
बेलायतका मगरहरुले साहित्यकार, संगीतकार गीतकार, गायक तथा धर्म प्रचारक मास्टर मित्रसेन मगरको १२३ औं जन्मदिवसमा सम्मान कार्यक्रम गरेको छ ।
अध्यक्ष नेम थापा, उपाध्यक्ष अनिता राना, माहासचिव लाल पुनका साथै मगर संघ केन्ट साखाका निबर्तमान अध्यक्ष साथै मास्टर मित्रसेन फाउन्डेशनका आजीवन सदस्य बिजय हितान मगर, बेलायतका फाउन्डेशनका संयोजक, मगर संघ युकेका केंद्रीय कार्यसमितिका सल्लाहकारहरू, तथा सांखा अध्यक्षहरुको उपस्थितिमा मास्टर मित्रसेनको जन्मोत्सव तथा सम्मान कार्यक्रम गरिएका हो ।
त्यस्तै २३ फेब्रअरीका दिन मनाउन लागिएको ३७ सौ मगर दिवस कार्यक्रम भब्य सफल बनाउन ३७ सौ मगर दिवसको जिम्मा पाएकी उपाध्यक्ष अनिता रानादेखी सबै समितिलाई आफ्नो जिम्मेवारीको काम बाँडफाँडको जिम्मेवारी दिदैं सम्पूण उपस्थितबाट बैठकमा आफ्नो राय सुझाव समेत राखिएको थियो ।
सोही बैठकमा बिश्वको अग्लो सगरमाथा दुईपटक र सबैभन्दा कम्ती दिनको अन्तरालमा अन्य तीन हिमाल छोटो समयमा आरोहण गरेर गिनीजबुकमा आफ्नो नाम रेर्कड गर्न सफल भएका निर्मल पुर्जालाई पनि बधाई तथा सम्मान गरिएको थियो ।
पुर्जा गतवर्ष नयाँवर्षको अवसरमा बेलायतकी महारानीबाट समेत सम्मानित भएका थिए ।
साखाका अध्यक्षहरू तथा संस्थापक अध्यक्ष थर्क राना पूर्व अध्यक्ष कुलबहादुर थापा, सल्लाहकारहरू लेप्टन कर्नेल याम राना, केप्टन बिर थापा, ओम थापा काउचा, श्रीमती गोमा राना, मगर महिला संघ युकेकी अध्यक्ष श्रीमती छबीमाया पुन र अन्यबाट बिभिन्न बिषय गहन छलफल भएको थियो ।
त्यस्तै मगर दिवसका साथै आउदो ६ अप्रिलका दिन नयाँ कार्यसमिती चयनका क्रममा सहज तथा राम्रो कार्यसमिती कसरी चयन गर्ने भन्ने विषय तथा अध्यक्ष कुल थापाको बिधान संशोधन प्रस्तावलाई सबैले संसोधन गरेर सोहि अनुरुप अगाडि बढ्ने निर्णय गरिएको थियो ।
सोहि अवसरमा आउदो नयाँ कार्यसमितीका लागि लेप्टन सुनिल रानाले अध्यक्षका लागि आफूले उम्मेदवारी दिने जानकारी गराएका थिए ।
त्यस्तै बेलायत मगरात संघर्ष समिति संयोजक ओम थापा काउचाले गतबर्ष गरेका गतिबिधीहरु बारे बताउँदै नेपाल मगर अध्ययन केन्द्र र अमेरीका बोष्टन मगर संघ सँगै सहकार्य गरेर अति महत्वपूर्ण काम गर्न मगरात संघर्ष समिती युके सफल भएको बताएका थिए । उनले प्रज्ञाप्रतिस्ठान र मगर अध्यन केन्द्रको संयुक्त सहकार्यमा प्रकाशित पुस्तक ( नेपालका आदिवासी मगर (सन्दर्भ विवरणिका) का बारेमा प्रकाश पार्दै किताब किनेर पढ्न सबैलाई अनुरोध गरेका थिए । उनका अनुसार उक्त उठेको रकम नेपाल गोरेबहादुर खपाङ्गी प्रतिस्ठान अक्षयकोषलाई सहयोग गरिने प्रष्ट्याएका थिए ।
महासचिव लाल पुन मगर र सचिव रूद्र थापा मगरको सञ्चालन रहेको उक्त बैठक समाजका अध्यक्ष नेम थापाले समापन गरेका थिए । थापाले मगरहरुको विशेष चाड माघे संक्राति बेलायतमा भब्यरुपमा सम्पन्न गर्न सफल भएको भन्दै सबै साखालाई बधाई तथा धन्यबाद दिदैं आउदो वर्ष सबैले एकैदिन मनाउने बताएका थिए ।
त्यस्तै आउदो मगर दिवसमा अथितीका रुपमा सम्भव भएसम्म केन्द्रीय मगर संघ नेपालका अध्यक्ष नबिन रोका मगर, महासचिव ज्ञानेद्र पुन मगरका साथै जलश्रोत मन्त्री बिना मगरका साथै जनजाती तथा मगरहरूको ईतिहास र संस्कारका बिषयमा अध्ययन गरेका ईतिहासविद् लेखक डा. मिन श्रीस मगरलाई निम्तो पठाउने भनी राखिएको प्रस्ताब बैठकले सर्वसम्मत पास गरेको थियो ।