Logo
२ जेष्ठ २०७९, सोमबार
     Mon May 16 2022
E-paper
  English Edition
   Unicode
Logo

जर्सी सिटी र इन्द्रावती गाउँपालिका बीच सिस्टर सिटीको सम्झौता



अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच सिस्टर सिटी बनाउन दुई मेयरद्वारा आठ बुँदे ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

जनवरी २४ मा सिस्टर सिटी बनाउन दुई मेयरद्वारा आठ बुँदे ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। जर्सी सिटी मेयर स्टेभन फुलप र ईन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामांगले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। यि दुई शहर र गाउँपालिका बिच हुने औपचारिक रूपमा सिस्टर सिटी बनाउन जर्सी सिटी काउन्सिलद्वारा गत डिसेम्वर १९ तारिख ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएको थियो। जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहर बिचकी ईमिसरी (विशेष दूत) को रूपमा नियुक्त डा विष्णुमाया परियारको पहल र नेतृत्वमा यि दुई शहर बिच सिस्टर सिटी बनाउन सफल भएको हो। अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने ईन्द्रावती गाउँपालिका विश्वमै नयाँ नेपालको पहिलो गाउँपालिका हो।

उक्त आठ बुँदे सम्झौता पत्रमा दुई शहरबिच शैक्षिक, प्राविधिक, साँस्कृतिक, कृषि, सामाजिक विकास, आर्थिक लगानी, वातावरणीय, आविष्कार, प्रसाशनिक साधनस्रोत, सुसाशन, खेलकूद लगायतका क्षेत्रमा आदानप्रदान गर्ने उल्लेख गरिएको छ।

यसअघि, जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोको सवल नेतृत्व र डा परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरुको लागि टिपिएस काउन्सिल रिजोलुसन पारित गरिएको थियो। टिपिएस रिजोलुसन पास गर्ने जर्सी सिटी एक मात्र अमेरिकी शहर हो । त्यसैगरी, नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा सन् २०१७ को जुन ३० तारिख अमेरिकि भूमिमा नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको थियो । सिटी हल भवन भित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकि शहर हो र विश्वमै सम्भवत पहिलो घटना हो। नेपाली सामाजिक अभियन्ता एवं जर्सी सिटी मेयर फुलपकि सल्लाहकार डा बिश्णुमाया परियारले झण्डोत्तोलनको लागि पहल गरेकि थिइन् ।

ईन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामांग पूर्व अमेरिकी नेपाली एनआरएन हुन्। उनी ग्रिन कार्ड त्यागेर नेपाल फर्केका उदाहरणीय नेता हुन्। सामाजिक अभियन्ता डा परियारले दुई मुलुकका स्टेकहोल्डरहरूसंग लामो परामर्श पछि कर्मभूमिबाट मातृभूमि फर्किएका तामांगको योगदानको कदर गर्दै ईन्द्रावती गाउँपालिकालाई सिस्टर सिटी बनाउन चुनिएको हो। मेयर तामांग प्रवासी नेपालीहरूले देख्ने सपनाको साकार रूप र उदाहरण हुन् भने डा परियार अमेरिकामा रहेर नेपाल र नेपालीहरूको पहिचानको लागि विश्वस्तरमै कृयाशील सुपरिचित सामाजिक अभियन्ता हुन्।

युएसनेपालअनलाईनका अनरेरी आजीवन सदस्य रहेका प्रमुख बंशलाल तामांग हाल गाउँपालिका महासंघको महासचिव पनि हुन् भने न्यू योर्कस्थित सिन्धु– युएस वेलफ़ेयर सोसाईटीका संस्थापक अध्यक्ष पनि हुन्। उक्त सोसाईटीले नेपालका बिपन्न बालबालिकाहरूको अध्ययनमा उल्लेखनीय कार्य गरेकोले सन् २०१० मा युएसनेपालअनलाईनको सातौं वार्षिकोत्सवमा सम्मानित गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म

पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी रहेको छ । शुक्रबार सम्पन्न स्थानीय

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका-१को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा विजयी भएका छन्

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार