Logo
१५ जेष्ठ २०७९, आईतवार
     Sun May 29 2022
E-paper
  English Edition
   Unicode
Logo

इराकको सुलेमनीमा सोनाम ल्होछारको अन्तिम तयारी




इराकको कुर्दिस्तान स्थित सुलेमनीमा हुन गैरहेको मन्जुश्री सम्बत २८५५ सोनाम ल्होछार (फग ल्हों कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको छ। मन्जुश्री सम्बत २८५५ सोनाम ल्होछारको यहि आउदो फेब्रुअरी १ तारिख शुक्रवारका दिन बृहत सास्कृतिक कार्यक्रम हुँदैछ ।

आफ्नो मौलिक भाषा, धर्म, कला, संस्कृती र भेषभुषा हरेक जातीको पहिचान हो आफ्नो पहिचान संरक्षण गर्नु हामी मानव जातिको दायित्व हो भन्ने उद्देश्यका साथ नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराक, कुर्दिस्तान प्रवासी नेपाली समाज र नेपाली महिला समाज कुर्दिस्तान इराकले संयुक्त रुपमा २८५५ औ सोनाम ल्होछर सांस्कृतिक कार्यक्रम अन्तिम चरणमा पुगेको ल्होछार कार्यक्रम संयोजक श्याम मम्बाले जानकारी दिएका छन्।

उक्त कार्यक्रमलाई भब्य र सभ्य बनाउनुको लागि कुर्दिस्तान इराकमा स्थापित विभिन्न संघसस्था बुद्धिजीवी लगाएत सम्पुर्ण नेपाली दाजुभाइ, दिदिबहिनी साथै ल्होछार प्रेमीहरुलाई ल्होछार कार्यक्रममा उपस्थितिको लागि विशेष अनुरोध गरिएको छ । साथै नेपाली भेटघाट पार्कबाट कार्यक्रम हुने इस्थाल सम्म जानको लागि यातायातको ब्यबस्थापन गरेको कुरा ल्होछार मुल समारोहका समितिले जानकारी दिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी