क्यान्सर भएर उपचार गरेर निको भएका निको भएरहरुले केक काटेर उत्सव मनाएँ भन्दा मनमा खुसी पनि लाग्यो, दुः ख पनि लाग्यो ।
क्यान्सरबाट निको हुन औषधि, समय, धैर्य, डाक्टर र नर्सको सेवा चाहिन्छ । त्यो प्राप्त गरेर निको भएकाहरुलाई त बधाइ दिनै पर्छ । तर खुसी मनाउन केक काटेको देखेर मनमा ‘ कता कता’ दुख्यो । खुसी पनि पश्चिमी तरिकाले मनाउनु पर्छ र हाम्रो देशको संस्कृतिमा खुसी मनाउने मौलिक तरिका बिर्सेर यसो गरेको हो कि ?
एकातिर स्वास्थ्यकर्मी चिनी, मैदा, क्रिमले शरीरमा मोटोपन ल्याउछ र त्यो पनि क्यान्सरको एक कारक हो भन्छन् भने त्यही मोटोपन र क्यान्सरकै कारक केक काटेर नै खुशी मानाउनुको त के औचित्य भयो र ?
नयाँ जिवनको खुशीमा दियो बालिन्छ, यसले जीवन प्रकाशमान भइरहोस् र अध्यारो बाटो उज्यालो हास् भन्ने सन्देश जान्छ । खुशीको बेला मुख मीठो गर्न चिनी कम हालेको कोदो, फापर, गहुँको हलुवा वा सेल बनाउन सकिन्छ । लाखामरी सानोसानो टुक्रा काटेर आनन्द लिन सकिन्छ ।
खुशी मनाउन चकलेट, केक काटेको खबरले मेरो त मनै काटियो । हामीले किन आफ्नो संस्कृती काटिरहेका छौ भनेर । पोहोर मेरो साल माया फाट्दा मैले दिलले सिलाएको थिँए, अहिले क्यान्सर पिडितको खुशीमा रमाए पनि केक काट्दा मेरो काटिएको मन र दिल केले सिउने होला ? कसले भनिदेला ?