back

हिमपातले तीन दिनदेखि यात्रु अलपत्र, सांसदद्धारा उद्धारको माग

वि.सं.२०७५ माघ १२ शनिवार

429 

shares
GLOBAL IME AD
NTC AD

१२ माघ, काठमाडौँ । सांसद लेखराज भट्टले बैतडीको धरमपुरलगायतका ठाउँमा हिमपातका कारण बाटोमा फसेका यात्रुको उद्धार गर्न माग गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका भट्टले गृहमन्त्री रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हिमपातमा फसेकालाई उद्धार गर्न माग गरेका छन् ।

विगत केही दिनदेखि बाक्लो हिमपातका कारण उक्त ठाउँमा यात्रु विचल्चीमा परेपछि सांसद भट्टले गृहमन्त्री र मुख्यमन्त्रीसँग तत्काल उद्धारका लागि टोली खटाउन र राहत सामग्री वितरण गर्न अनुरोधसमेत गरेका छन् ।

“तीन दिनदेखि यात्रु अलपत्र पर्दासमेत स्थानीय प्रशासनले चासो नदिएको गुनासो आएपछि तत्काल खाद्यान्न सामग्री र कम्बलसहित उद्धारका लागि आग्रह गरेको हुँ” उनले भने, “प्रदेश तहमा प्राकृतिक प्रकोपका घटनामा तत्काल उद्धार गर्ने संयन्त्र बनाउनु जरुरी छ ।” बैतडी, डडेल्धुरा, दार्चुला बझाङलगायतका पहाडी जिल्लामा बाक्लो हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ ।

वि.सं.२०७५ माघ १२ शनिवार १४:१० मा प्रकाशित

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार...

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार...

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको...

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग...

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

काठमाडौँ । बालाजुमा एक महिलाले आफैँलाई आगो लगाएकी छन् ।...

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

काठमाडाैँ ।  निजी विद्यालयको छाता संगठन प्याब्सनले सामुदायिक विद्यालयका शिक्षकले...