रम्जान दिन मियाँ (समर्पण), साउदी अरब । देशमा बेरोजगारी समस्या अनि आफ्नो परिवारको आर्थिक स्थिति नाजुक र परिवार तथा आफ्नो भबिस्यको जिन्दगी सुन्दर बनाउने सपनालाई सजाउँदै बिदेशीएका कयौं नेपालीहरुको आफ्नो सपनालाई सपनाकै रुपमा छोड्दै सदाका लागि संसारबाट बिदा हुनु परेको तितो यथार्थ त यी कानले सुन्दै आएको छ त्यस्तै आफ्नो सपनालाइ सजाउँदै बिदेशी भुमि साउदी आएका र सुन्दर भबिस्यलाई सपनामा नै छोडेर अल्पायुगमा नै मा संसार छोडे प्युठानका प्यार मोहम्मद मियाँले ।
गत १ डिसेम्बर २०१८, हान्सपुर ९४ प्युठान, नेपाल घर भइ दुई बर्ष देखी साउदी अरबको खमिस मुसेदमा मस्जिद सरसफाइमा काम गर्दै आएका एक नेपाली प्यार मोहम्मद मियाँको बाटो काट्ने क्रममा सडक दुर्घटनामा परि ज्यान जाँदा गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिम हातेमालो प्रवासी नेपाली समुह खमिसको संयुक्त दूतावास जेद्दाको समन्वयमा नेपाल पुगेको छ ।
गर्भवती श्रीमती र बाबा आमा छोडेर आएका २४ बर्षका मियाँ आफ्नो नियमित ड्युटी सकेर आफ्नो रूम फर्किदै गर्दा बाटो काट्ने क्रममा एक साउदी नागरिकको गाडीले अकस्मात् ठक्कर दिदाँ घटनास्थलमा नै मृत्यु हुन पुगेको थियो ।
घटना भए लगत्तै उनका साथी सफर दिन मियाँको नेपाल पठाउनको लागि गरिएको अनुरोधमा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदिका महासचिव तथा गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमका अध्यक्ष रम्जान दिन मियाँ र युवा संयोजक चिरञ्जीवी अर्याल तथा हातेमालो प्रवासी नेपाली समुह खमिसका कोषाध्यक्ष दिपक राज गौतम, सल्लाहकार सन्तोष आचार्य र सदस्य कृष्ण बहादुर भण्डारीद्वारा दूतावास जेद्दासँगतको बारम्बार पहल र समन्वयमा करिब डेढ महिनापछि २४ जनवरी २०१९ का दिन मियाँको मृत शरीर नेपाल पुगेको हो भने २५ जनवरी २०१९ शुक्रबारका दिन ईस्लाम धर्मअनुसार उनकै क्षेत्रमा समाधि गरिएको छ ।