back

काठमाडौंबाटै चिकित्सककी छोरी अपहरण, पैसा बुझाएपछि फिर्ता

वि.सं.२०७५ माघ १२ शनिवार

195 

shares
NTC AD
Global IME AD

१२ माघ, काठमाडौँ । प्रसुतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई घरमा आउजाउ गर्ने व्यक्तिले नै अपहरण गरेका छन् ।

प्रहरी परिसर काठमाडौँको प्रारम्भिक अनुसन्धानमा कुनै लेनदेनका विषयमा आउजाउ भएकै व्यक्तिले अपहरण गरेको देखिएको हो । परिसरका प्रमुख वसन्त लामाले घरमा जाने आउने मान्छेबाटै अपहरण गरिएको र पैसासँग सम्बन्ध रहेको बताए । अनुसन्धान भइरहेकाले वास्तविकता खुल्दै जाने उनको भनाइ छ ।

शुक्रबार बिहान कोटेश्वरको खरिबोटस्थित घरबाटै अपहरणमा परेकी बालिकाको अपराह्न ४ बजे सकुशल फेला पारिएको थियो । परिवारले रकम बुझेपछि जनकपुरका अपहरणकारी मनिषकुमार गुप्ताले तिलगङ्गास्थित गणेश होटल अगाडि बच्चा छाडेर फरार भएका थिए ।

सादा पोशाकका ४० भन्दा बढी प्रहरी परिचालन हुँदा पनि गुप्ता फरार हुन सफल भएका छन् ।
बालिकाकी आमा बबिता शाहले पनि उनी पहिले घरमा आएर बसेको स्वीकार गरेकी छन् । “छोरी कोहीसँग जान मन्दिन, चिनजान नै भएकाले उसँग मानेको हुनुपर्छ ।” उनले भनिन् । पारिवारिक स्रोतका अनुसार जनकपुरमा रहेको उनीहरुको घर आधा घण्टा हिँडेर जाँदा पुग्न सकिने ठाउँमा छ ।

बबिताले घरमा छोरा र एक जना काम गर्नेसँग छोरी छाडेर अस्पताल गएपछि शुक्रबार करीब ९ बजेतिर छोरी हराएको खबर पाउनुभएको थियो । तत्कालै प्रहरी प्रभाग कोटेश्वरलाई खबर गरेपछि महानगरीय अपराध महाशाखा र प्रहरी परिसर काठमाडौँले बच्चाको खोजतलास थालेको थियो । शुक्रबार अपहरणकारी जोरपाटी, जम्बुडाँडा, तिलगङ्गामा लोकेसन ट्रयाक भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीका अनुसार जनकपुरमा रहेका उनका आफन्तबाट अपहरणकारीका परिवारले साढे दुई लाख रकम बुझेको जानकारीमा आएको छ । रकम बुझेको केहीसमयपछि नै बालिका अपहरण गर्ने गुप्ताकी श्रीमती अर्चना गुप्तालाई भने धनुषा प्रहरीले पक्राउ गरेको छ ।

धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले तीन-चार जना पक्राउ गरे पनि अरुले पैसा बुझेको होइन भन्ने भएपछि अर्चनालाई पक्राउ गरी आज बिहान काठमाडौँ पठाइएको जानकारी दिए । उनको साथबाट रु एक लाख ५० हजार नगदसमेत बरामद भएको प्रहरी उपरीक्षक थपलियाले बताए ।

शुक्रबार अपहरणकारीले प्रयोग गरेको मोबाइलसमेत प्रयोग गर्न छाडेकाले नयाँ तरिकाले अनुसन्धान थालिएको प्रहरी स्रोतको भनाइ छ । आज बबिताकाश्रीमान् र पक्राउ परेकी अर्चना गुप्ता काठमाडौँ आएपछि थप कुरा बाहिर आउने प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ माघ १२ शनिवार १४:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...