
साउदी अरब । गैरआवसिय नेपाली संघ साउदी अरबले शुक्रबार २५ जनवरी, २०१९ का दिन बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकार’ भन्ने मुल मर्मलाई मध्यनजर गरि संघले नेपाली श्रमिकहरुको समस्या, न्यूनीकरण, समाधान, निराकरण र सचेतता विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
संघका अध्यक्ष नारायण पासवानको सभापतित्व तथा नेपाली राजदूतावास रियाद साउदी अरबका महामहिम राजदुत प्रा.डा. महेन्द्र सिंह राजपूतको प्रमुख आतिथ्या रहेको कार्यक्रमलाई महासचिव तेज थापाले संचालन गरेका थिए भने प्रबक्ता उमेश भट्टराईले स्वागत मन्तव्य दिएका थिए ।
साउदि अरबको पुर्वी प्रान्त दम्माम स्थित होलिडे हलमा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास रियादका श्रम सहचारी, एनआरएनएका विभिन्न समितिहरुमा आवद्ध पदाधिकारी, नेपाली जनसम्पर्क समिति साउदी अरब, अन्तर्राष्ट्रिय साहित्य समाज –साउदी च्याप्टर, मगर संघ प्रवास शाखा साउदि अरब, कि.रा.या.यो. साउदि अरब, मिथिला एकता समाज साउदि अरब, समान मधेस साउदि अरब, मिथिला संस्कृति समूह साउदि अरब, एनए मिडिया, डिसि नेपाल, स्याङ्जा सहयोग साउदि अरब लगायतका विभिन्न संघ–संस्थाका प्रतिनिधि, पत्रकार तथा नेपाली जनसमुदायको बाक्लो उपस्थिति रहेको थियोे ।
दुई चरणमा विभाजित कार्यक्रमको पहिलो खण्ड औपचारिक उद्घघाटनबाट सुरु गरिएको थियोे भने दोस्रो खण्ड नेपाली श्रमिकहरुको समस्या, न्यूनीकरण, समाधान, निराकरण र सचेतता विषयमा बृहत अन्तरक्रिया चलाइएको थियोे ।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले नेपाली श्रमिकहरुको विषयमा आ–आफ्नो संस्थागत धारणा प्रकट गरेका थिए भने पीडित नेपाली कामदारहरुले आफ्नो समस्या र पिडा सुनाएका थिए ।
त्यसैगरी कार्यक्रममा उपस्थित हुन नसकेका पिडित नेपाली कामदारहरुको समस्या अडियो क्लिपबाट सुनाईएको थियोे ।
अन्तरक्रिया कार्यक्रमको अन्त्यमा नेपाली कामदारहरुको सामुहिक समस्या, रोकथाम, उपचार र निराकरण, कामदारहरुको हकहित र ऐनकानुन, पालना गर्नुपर्ने सम्बन्धित देशको नियम कानुन, कामदारहरुले अपनाउनु पर्ने सचेतना, नेपाली राजदूतावास रियादको पहल लगायत समस्टिगत निचोड सहित एनआरएनए साउदी अरबका अध्यक्ष नारायण पासवान, आइसिसि सदस्य तथा वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितका भुतपूर्व संयोजक धरम के।सी, मध्यपुर्व महिला उपसंयोजक यास्मिन बेगम सैयद, नेपाली राजदुतावास रियाद साउदि अरबका श्रम सहचारी अम्बिका प्रसाद अधिकारी, महामहिम राजदूत प्रा.डा. महेन्द्र सिंह राजपूतले आ–आफ्नो मन्तव्य सहित सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई डिसि नेपाल अनलाइन तथा एनए मिडियाले प्रत्यक्ष प्रसारणमा सहयोग पुर्याएका थिए ।
वि.सं.२०७५ माघ १२ शनिवार १५:४० मा प्रकाशित