
१३ माघ, बारा । बाराका प्रमुख जिल्ला अधिकारी (सिडियो) चढेको गाडी दुर्घटना हुँदा एसपी बलराम पोखरेको मृत्यु भएको छ भने सिडियो सहित चारजना घाइते भएका छन् ।
कर्मचारी मिलन केन्द्र बाराको बनभोजबाट फर्कने क्रममा ना १ झ १६३३ को नम्बरको जीप पथलैया–निजगगढ सडक खण्डको पसाहामा शनिबार बेलुका दुर्घटना रोकि राखेको ट्याक्टर सँग ठोक्किएर दुर्घटना हुँदा सिडियो गणेश राज पोखरेल सहित ४ जना घाइते भएका छन् भने एसपी बलराम पोखरेलको मृत्यु भएको छ ।
शसस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख रहेका एसपी पोखरेललाई दुर्घटनापछि उपचारका लागि अल्पाइन अस्पताल ल्याइएको थियो । तर, उनलाई चिकित्शकले तत्काल मृत घोषणा गरेका थिए ।
घाइते मध्ये सिडियो पोखरेलेको अवस्था गम्भीर रहेको छ उनको टाउकोमा चोट लागेको छ ।
वि.सं.२०७५ माघ १३ आइतवार ०७:४१ मा प्रकाशित