१३ माघ, काठमाडोैं । १८ मंसिर साँझ ७ बजे सर्लाही कविलासी नगरपालिका ७ रिसरसियाकी मुसहर बालिका सम्झा कुमारी माझी, शौच गर्न बाहिर निस्किएकी थिइन् । उनी फर्किइनन् । भोलिपल्ट बिहान छिमेकीकेको भैसी गोठमा झुण्डिएको अवस्थामा फेला परिन् ।
४ दिपछि उनको परिवारले इलाका प्रहरी कार्यालय हरिपुरमा किटानी सहित जाहेरी दिएको थिो । १५ वर्षीयाँ माझीको बलात्कारपछि हत्या भएको किटानी सहित परिवारले कविलासी ७ सिरसियाकै विनय राय र चुनचुन रायविरुद्ध जाहेरी दिएको थियो । तर, प्रहरीले कारबाही अघि बढाएन । छानविन अघि नबढेपछि १० पुसमा सोहि प्रहरी चौकीमा मृतककी आमाले पुन ः किटानी जाहेरी दिइन् । तै पनि अनुसन्धान अघि नबढेको पीडित परिवारो भनाइ छ । आजको नयाँपत्रिका दैनिकबाट