
१३ माघ काठमाडोैं । नेपालका युवा व्याट्सम्यान रोहित कुमार पौडेलले अर्धशतक पूरा गर्ने विश्वकै कम उमेरको खेलाडीमा रेर्कड राखेका छन् । युएईविरुद्धको दोश्रो एकदिवसीय खेलमा शनिबार रोहितले ६७ बलमा ७ चौकासहित ५५ रनको योगदान दिदैं भारतीय क्रिकेटर सचिन तेन्दुलकरको रेर्क तोडेका हुन् ।
सचिनले १६ वर्ष २ सय १३ दिनको उमेरमा तोडेका छन् । पाकिस्तानका साहिद अफ्रिदीले १६ वर्ष २ सय १७ दिनमा अर्धसतक पूरा गरेका थिए । रोहितको अर्धशतकसँगै नेपालको युएईमाथि १ सय ४५ रनको शानदार जित समेत निकालेको छ । आजको नयाँपत्रिका दैनिकबाट