
१३ माघ, चितवन । आफूले उत्पादन गरेको तरकारीले बजार नपाएपछि खैरहनी नगरपालिका ६ तुलसीपुरका पुरन महतोले शुक्रबार बन्दागोभी र मुला खेतमै डोजर लगाएका छन् । बजारमा प्रतिकेजी ३० रुपैयाँमा बिक्रि भइरहेको बन्दागोभी र १५ रुपैयाँ पर्ने मुलालाई व्यापारीले प्रतिकेजी २ रुपैयाँमा पनि नलगेपछि नष्ट गर्नुपरेको उनको भनाई छ ।
लगानी र मेहनत नै नउठ्ने भएपछि १६ कठ्ठा क्षेत्रफलमा लगाएको बन्दा र मुलाखेती नष्ट गर्नुपरेको महतोले बताए । ‘आफूखुसी पैसा दिएर तरकारी लैजानु भन्दा पनि व्यापारीले तरकारी उठाएनन् । त्यसैले बाध्य भएर डोजर लगाउनुप¥यो ।’ उनले भने ।
वजार मुल्य भन्दा १५ गुणा कम मूल्यमा पनि बिचौलियाले तरकारी नउठाएको उनले गुनासो गरे । उत्पादन भएको तरकारी बजार पठाउन नपाउँदा १० लाख मूल्य बराबरको घाटा लागेको महतोले जानकारी दिए । आजको नयाँपत्रिका दैनिकबाट