back

‘सङ्घीयताको भावनाविपरीत विधेयक फिर्ता गर्नपर्ने’

वि.सं.२०७५ माघ १३ आइतवार

507 

shares
GLOBAL IME AD
NTC AD

१३ माघ, काठमाडौँ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रले ल्याएको प्रहरी र आन्तरिक सुरक्षासम्बन्धी विधेयक सङ्घीयताको भावनाविपरीत आएको बताएका छन् ।
शनिबार आयोजित साक्षात्कारमा उनले संविधानको भावना तथा सङ्घीयताको मर्मविपरीत उक्त विधेयक आएकाले तत्काल फिर्ता गर्नुपर्ने बताएका थिए । प्रहरी परिचालनदेखि शान्ति सुरक्षाका अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने व्यवस्था गरिएकामा मुख्यमन्त्री राउतले आपत्ति प्रकट गरे ।

प्रदेश नं २ को सरकारले यसअघि नै संविधानबमोजिम प्रदेश प्रहरी ऐन ल्याइसकेको उनले स्पष्ट पारे । संविधानको अनुसूचीमा व्यवस्था भएअनुसारको क्षेत्राधिकारभित्र रहेर सङ्घीय, प्रदेश र स्थानीय सरकार चल्नुपर्ने मुख्यमन्त्रीले स्पष्ट पारे ।

मुख्यमन्त्री राउतले थपे “यी दुवै विधेयक फिर्ता गर्नुपर्छ, सबैको मनोभावनाअनुसार आउनुपर्छ । संविधानले प्रदेश सरकारलाई अधिकार दिएको छ । संविधानले प्रदेशभित्र प्रहरी प्रशासन हुने स्पष्ट गरेको छ । प्रदेशको शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकारलाई दिएको छ ।” उनले नेपाल–भारतबीच सदियौँदेखिको राम्रो सम्बन्ध रहेको सुनाउँदै दुवै मुलुकको हित हुने काम हामीले गर्नुपर्नेमा जोड दिए ।

वि.सं.२०७५ माघ १३ आइतवार ०८:५० मा प्रकाशित

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र...

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ नहुने

रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय...

रविको मुद्दामा आज आदेश आउने सम्भाावना कति ?

रविको मुद्दामा आज आदेश आउने सम्भाावना कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र...