१३ माघ, काठमाडौँ । भेनेज्वेलामा अमेरिकी हस्तक्षेपको विरुद्धमा लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कडा वक्तव्य जारी गरे लगत्तै प्रधानमन्त्री ओलीलाई गम्भिर शंसय प्रदा भएको जनाइएको छ ।
स्विट्जरल्याण्डबाट फर्कंदासाथ सोधिएको जिज्ञासामा ओलिले खरो प्रतिक्रिया नजनाएपनि ओलि निकटहरुले प्रचण्डप्रति कटाक्ष बढाउन थालेका छन् । यहि विषयलाई लिएर विदेश नीतिमा ‘प्रचण्ड पथ’को प्रभाव सम्म टिप्पणी पनि शुरु गरिएको छ ।
दूतावासमा प्रदर्शन
काठमाडौँ स्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेर नेपाली जनताको साम्राज्यावाद विरोधी ऐक्यबद्धता देखाइएको छ । नेपाली कम्युनिष्ट आन्दोलनका सादगी र वैचारिक नेता शसि शेरचन उर्फ स्वनम साथी र नेकपा नेता साध्यबहादुर भण्डारी लगायतका व्यक्तिहरुको पहलमा शनिबार साँझ काठमाडौं स्थित अमेरिकी दूतावास अगाडि सांकेतिक प्रदर्शन गरिएको थियो ।
नेकपा अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई अमेरिकी पक्षधर नेपालीले हचुवा र केटाकेटी भनेका छन् भने साम्राज्यावादी हर्कतको विरोध गर्ने प्रगतिशिल र देशभक्त समुदायले सहि विश्लेषण भनेको छ । यस बारेमा ओलि निकट केही नेताहरुले भने प्रचण्डपथ ब्युँताउन खोजिएको हल्ला पिटाएका छन् ।
वि.सं.२०७५ माघ १३ आइतवार १०:५५ मा प्रकाशित