
चितवन समाज युएईको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । २६ जनवरी शुक्रबार बरदुबइ स्थित लुम्बिनी गेस्ट हाउसको प्राङ्गणमा सम्पन्न बैठकले फ्रेबुअरी महिनामा वनभोज गर्ने निर्णय गरेको छ ।
बैठकले समाज युएई को २०१९– २०२१ कार्यकालको नयाँ कार्यसमितिबीच शुभकामना आदान प्रदान परिचयात्मक कार्यक्रम, भावी कार्ययोजना माथी समिक्षा र परदेशमा दुख गर्नुहुने र चितवन समाजलाई माया गर्नुहुने सम्पुर्ण चितवने दाजुभाइ दिदिबहिनीहरुको गुनासो सुन्ने र मनोरञ्जन दिलाउने हेतुले यहि आउदो फ्रेबुअरी महिनामा Mushrif Park मा पिकनिक कार्यक्रम गर्ने निर्णय गरेको हो ।
‘चितवनको बिकास र सामाजिक भावना, प्रवासी चितवनबासीको एकता र सम्बृद्धिको चाहना’ भन्ने मूल नाराका साथ यहि १८ जनवरीमा सम्पन्न चौंथो अधिबेशनले पर्शुराम घिमिरेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।