
लिम्बुवान नागरिक समाज बेलायतको चौथो महाधिवेशन छत्र वनेमलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ । जनवरी १९ मा असफोर्डमा भएको अधिवेशनले यसअघि महासचिव रहेका वनेमको अध्यक्षतामा तीन वर्षका लागि २९ सदस्यीयनयाँ कार्यसमिति चयन गरेको हो ।
उक्त समितिका उपाध्यक्षहरूमा श्रीकुमार जवेगू, मनमाया नेम्वाङ, नवराज काम्वाङ, दिल कुमार इङ्वारम रहेका छन् । यस्तै, महासचिवमा लाहाङ चेम्जोङ, सचिवमा मान मावोहाङ, कोषाध्यक्षमा विकास हेल्लोक, सहकोषाध्यक्षमा शमशेर ताप्मादेन, जनसम्पर्क संयोजकमा शरण पङ्धाक, मिडिया संयोजकमा अमित थेवे र साँस्कृतिक सचिवमा जानु काम्वाङ लिङ्देन रहेका छन् । समितिका सदस्यहरूमा दिल कुमारी मादेन, सिर्जना सम्बाहाम्फे, दिलकुमारी लाबुङ, टीका सम्बाहाम्फे, रनवीर योङहाङ, प्रेम लिम्बु, राम निङ्लेकु, मोहन सोदेम्वा, कृष्ण फोम्वो, दीपेन्द्र खिम्दिङ, गङ्गा खिम्दिङ, गडुलध्वोज मादेन, दिल कुमार तुम्बाहाम्फे, नरजङ्ग मावोहाङ, सुवतराज मावोहाङ र तिलवीर खवाहाङ छन् ।
समाजका अध्यक्ष नरेन्द्र मावोहाङको अध्यक्षता, समाजका सल्लाहकार दिल कुमार सम्बाहाम्फेको प्रमुख आतिथ्यता रहेको सो अधिवेशनमा नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व अध्यक्ष श्री साम्यू, याक्थुङ चुम्लुङ बेलायतका पूर्व अध्यक्ष डम्मर सिङ्गक, गैरआवसीय नेपाली महासंघ बेलायतका पूर्व महासचिव विजय लिङ्देन लगायतका अतिथिहरू उपस्थित थिए ।
सोही अवसरमा गायिका अमृता सम्बाहाम्फेलाई समाजले सम्मान गरेको थियोे ।
समाजको गठन लिम्बुवान प्राप्तिको आन्दोलनलाई नागरिक तहबाट सहयोग पुर्याउन सन् २००९ मा समाजको स्थापना गरिएको हो।