
१३ माघ, काठमाडौं । शहीद सप्ताहको चौथो दिन आज शहीद धर्मभक्त माथेमा प्रति श्रद्धानज्ली व्यक्त गरिएको छ । यसै अवसरमा राजधानीको सिफलमा एक श्रद्धान्जली कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा बोल्दै काठमाडैं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले परिवारको दुख सहेर पनि जनताको मुक्तिको लागि शहीद धर्मभक्त माथेमाले गरेको योगदान नेपाली जनताको मानस पटलमा सदैव स्मरणीय रहने बताए ।
यसैगरी कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा नं नं ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोलले सुखी नेपाली समृद्ध नेपाल निर्माणको लागि शहीदले देखेका सपनाहरु साकार गर्ने दायित्व आफुहरुमा रहेकाले सवैलाई यस अभियानमा जुटनको लागि अनुरोध गरे ।
सोहि श्रद्धान्जली कार्यक्रमललाई सम्बोधन गर्दे माथेमा समाज गुठीका नरेश रामभक्त माथेमाले धर्मभक्त माथेमाले माथेमा परिवारका लागि गरेको योगदान देशका लागि सराहनीय रहेको बताए ।
धर्मभक्त माथेमाको जन्म वि.स. १९६६ साल असोज ९ गते काठमाडैंको ओमबहालमा भएको थियो । उहाँले भारतको दार्जिलिड.मा शिक्षा आर्जन गरेका थिए । उनी नेपालको प्रजातान्तिक आन्दोलनका नेता मात्रै नभएर नेपालका पहिलो व्यवसायिक शारिरीक सुगठन (प्रोफेसनल बडी बिल्डर) पनि थिए । उनले नेपालमा पहिलो पटक शारिरीक सुगठन प्रविधि भित्र्याएका थिए । भारतको कलकत्तामा अध्ययनरत हँुदा उनी जिमखानामा भर्ना भएका थिए । यसैगरी कलकत्तामा आयोजना भएको विभिन्न शारिरीक सुगठन प्रतियोगितामा जित हासिल गरि उहाँ बंगाल च्याम्पियन समेत भएका थिए ।
उनले काठमाडौंको आफनै निवास ओमबहलमा जिमखानाको स्थापना गरेका थिए । उनी राजा त्रिभुवनका व्यायाम शिक्षक पनि थिए । राणा शासन बिरुद्ध जनतालाई मुक्त गर्न माथेमाले वि.सं १९९३ सालमा आफनै निवासमा नेपाल प्रजा परिषदको स्थापना गरेका थिए । एक दिन राजा त्रिभुवनको उपस्थितिमा काठमाडैंको लैनचौरमा नेपाल प्रजा परिषदको गोप्य बैठक चलि रहेको समयमा उनीसहित धेरैजना गिरप्तारमा परे । उनलाई पछि राणा सरकारले नेपालमा प्रजा परिषद गठन गरि जन मानसमा चेतना फैलाएको अअिभयोगमा शुक्रराज शास्त्रीलाई फाँसी दिएको दुई दिन पछि वि.सं १९९७ साल माघ १३ गते काठमाडौंको सिफलमा बकैनाको रुखमा झुण्डाई मृत्युदण्ड दिएको थियो ।
श्रद्धान्जली कार्यक्रममा कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव प्रसाद कोइराला, काठमाण्डौ महानगरपालिकाका प्रवक्ता ईश्वरमा डंगोल, विभागीय प्रमुख, महाशाखा प्रमुख, महानगरका कर्मचारी, समाजिक संस्था नेपाल आर्य समाज र स्थानीय वडावासीहरुको उपस्थिति रहेको थियो ।
वि.सं.२०७५ माघ १३ आइतवार १२:३९ मा प्रकाशित