Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

पहिरोले पुरिएर दुई जना बेपत्ता, उद्धारको क्रम जारी



१३ माघ, धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा शनिबार राति पहिरोले पुरिएर दुई जना हराइरहेका छन् । पहिरोले पुरिएर सोही गाउँका ५५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ हराइरहेका छन् ।

गाउँ नजिकै जङ्गलमा बाख्रा चराउन गएको समयमा हिउँपरेपछि १२० बाख्रासहित ओडारमा बसेको बेला पहिरोले पुरेर हराइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए ।

हराइरहेका दुई जनाको गाउँवासीले ओडारमा बसेको बेला पहिरो गएकाले उद्धार गर्न र खोजी गर्न सकेका छैनन् । दुई दिनदेखि हिउँ परेको र हिउँ पग्लिएपछि पहिरो गएर पुरिएकाले उद्धारका लागि सरकारसँग माग गरिएको शिक्षक ठाकुरदत्त कोइरालाले टेलिफोनबाट जानकारी दिए । गाउँमा कुहिरो लागेकाले केही समय ढिला भएपनि हेलिकप्टरबाट उद्धारको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले