
शालिकराम आचार्य । अनेकत्तामा एकताको सन्देश दिंदै बिभिन्न कारणले प्रवासीन बाध्य भएका नेपालीहरुलाइ समेट्दै एकताको सुत्रमा बाँधेको ओमान नेपाली एकता समाजले बनभोज कार्यक्रम सन्पन्न गरेको छ ।
विगतका बर्षहरु जस्तै एकता समाजले यसपाली पनि बनभोज कार्यक्रम सम्पन्न गरेको हो। २५ जनवरी २०१९ का दिन मस्कटको इत्ती समुन्द्री किनारमा बनभोजको आयोजना गरेका थियो ।
बनभोजको प्रमुख आकर्षण भने वक्तित्वकला प्रतियोगिता रहेको थियो । वैदेशिक रोजगारका समस्या र समाधानका उपाय भन्ने शिर्षकमा चलेको वक्तित्वकलामा बिभिन्न बक्ताहरुले भाग लिएर वैदेशिक रोजगारले दिएका बिभिन्न समस्याहरु औंलाउँदै उक्त समस्याको समाधानका उपायहरु बताएका थिए ।
सो अवसरमा संगठनका कर्मठ, जुझारु सदस्य नमराज आचार्यको बिदाई समेत गरेको छ । सन् २००९ देखि नै ओमान नेपाली एकता समाजमा आफ्नो अलकै छवि बनाएका आचार्य आफ्नो ओमान बसाइलाई बिट मारी स्वदेश फर्कन लागेकाले उनको बिदाई गरेको हो ।
नमराजलाई बिदाई तथा शुभकामना दिँदै विभिन्न पदाधिकारीहरुले नमराज आचार्यले गरेका कामहरू र उनी संग विताएका पलहरुको स्मरण गरेका थिए । साथै समाजमा फरकै सैलीमा संगठनका विभिन्न विभागको जिम्मेवारी निभाउँदै आएका नमराज आचार्य ओमान नेपाली एकता समाज केन्द्रीय सदस्य, सिव एरिया समिति, अलखोयईर एरिया समिति तथा रक्तिम परिवारमा एकैसाथ विभिन्न पदमा रहेर जिम्मेवारी निभाउँदै आएका थिए ।
ओमानमा रक्तीम लाई चिनाउन प्रमुख भुमिका खेलेको भन्दै अध्यक्ष तथा महासचिव लगाएतका पदाधिकारीले भावुक्ताका साथ मायाको चिनो प्रदान गरेका थिए । साथै नमराज आचार्यले पनि सबैको मायाले आफुलाई अझै शसक्त भएर बाँड्न थप उर्जा र प्ररेणा मिलेको भन्दै सम्पूर्ण संगठन तथा ओमान स्थिति नेपाली दाजुभाइ दिदिबहिनीहरु लाई धन्यवाद ज्ञापन गरेका थिए।
वनभोजमा कुर्सी दौड लगायतका खेलहरु रक्तिम कलाकारहरुले नृत्य प्रस्तुत गर्नुका साथै सबैले नाचगान, पथ्थरीला पहाडहरुको निरक्षण तथा समुन्द्रमा नौका विहार गरी रमाइलो गरेका थिए ।
बनभोजको संयोजक मनु सुनारद्वारा स्वागत मन्तव्य दिदै टाढा टाढा देखी समय मिलाएर भनभोजमा हौसला दिँदै रमाइलो बनाउन आउने सबैलार्इ स्वागत गर्दै खुशी ब्यक्त गरिएको थियो । ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेतले शुभकामना मन्तव्य दिदै सम्पुर्ण ओमान बासी मजदुर साथीहरुलाइ यस बनभोजले भेटघाट र परिचय गर्ने बाताबरण मिलाएको भन्दै बिभिध बिषय समेट्दै साथीहरुलाइ हौशला तथा शुभकामना दिएका थिए । बक्तित्वकलामा प्रथम हुने शाबित्रा पोखरेल पान्डे र दितिय हुने लक्ष्मी रायमाझी तथा कुर्सी दौड खेलमा प्रथम हुने गौतम श्रेष्ठ तथा दितिय हुने जय कुमारी थापालाई बिशेश उपहार प्रदान गरिएको थियो ।
अन्त्यमा संयोजकबाट बनभोज कार्यक्रम अनुशासनपुर्वक सफल बनाउने सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गरिएको थियो ।