back

सम्मान मधेश साउदीद्धारा निलम देवीलाई आर्थिक सहयोग

वि.सं.२०७५ माघ १३ आइतवार

453 

shares
GLOBAL IME AD
NTC AD

 

राजन मिश्रा,१३ माघ, धनुषा । सम्मान मधेश साउदीले घरबारबिहिन निलम देवि मण्डललाई आर्थिक सहयोग गरेको छ ।
साउदीमा रहेका नेपालीहरुको साझा संगठन सम्मान मधेश साउदीद्धारा २५ हजार र कुवेतका अध्यक्ष श्याम सुन्दर मण्डलले १० हजार गरी जम्मा ३५ हजार रुपैयाँ धुनषा जिल्ला मिथिला बिहारी न.पा ५ लल्लीयामा बस्ने घरबारबिहिन महिला निलम मण्डललाई आर्थिक सहयोग गरिएको हो ।
सम्मान मधेशका पदाधिकारीहरु केन्द्रीय सहकोषाध्यक्ष गणेश शाह, केन्द्रीय सल्लाहकार शम्भु चौधरीले मण्डलको घरमै पुगेर उक्त रकम हस्तान्तरण गरेको बताइएको छ ।
आर्थिक अवस्था निकै दयनिय रहेको हूनाले आफनो घर बनाउन नसकेर निलम देवी आफनो दूःख,पिडा समाजिक संजालमा राखेकी थिइन् । उनका स–साना दूई ओटा छोरा र एउटा छोरी छन भने पतिको ५ बर्षअघि नै विमारका कारण मृत्यु भइसकेको छ ।

श्रीमानको मृत्युभएपछि घरमा आर्थिक जोहो गर्ने कोही नहुँदा पीडामा परेकी उनलाई सम्मान मधेश कूवेतका अध्यक्ष श्याम सून्दर मंडल र सम्मान मधेशका केन्द्रीय मिडिया रिपोर्टर राजन मिस्रालाई जानकारी गराइ उनको सहयोगका लागि हातहरु जुटेका थिए ।
सम्मान मधेशका केन्द्रीय महासचिव रामेश्वर शाह लगायत पदाधिकारीको सहमति अनुसार घर बनाउनको लागी उक्त रकम सहयोग गरिएको ‘सम्मान मधेश’ का केन्द्रीय अध्यक्ष त्रिलोकी शाहले बताएका छन् ।

‘सम्मान मधेश’ नेपाली, मधेशी, दलित, गरिव, विपन्न तथा अनाथ घरपरिवारहरुलाई विभिन्न समयमा सहयोग गर्दै आएका छन् ।

 

वि.सं.२०७५ माघ १३ आइतवार १३:४७ मा प्रकाशित

विद्यालय नखुल्दा कुलतमा फस्न थाले विद्यार्थी

विद्यालय नखुल्दा कुलतमा फस्न थाले विद्यार्थी

इलाम । इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा परिवर्तन...

सगरमाथा क्षेत्रमा एकैदिन सात सय पर्यटकको आगमन

सगरमाथा क्षेत्रमा एकैदिन सात सय पर्यटकको आगमन

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ...

खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

गण्डकी । पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले...

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित...

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने...

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या...