Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

जनता बैंकद्वारा युकेबाट रेमिट्यान्स सेवा प्रारम्भ



‘नेपाली जनताको बैंक, जनता बैंक’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रुपले नेपाली जनताको घरदैलोमा बैकिङ्ग सेवा पु¥याउदै आएको जनता बैंक नेपाल लिमिटेडले संयुक्त अधिराज्य बेलायतबाट रेमिट्यान्स सेवा सुरु गरेको छ । बैंकले बराक साजन एक्स्चेन्ज लिमिटेड, बेलायतसँग संझौता गरी रेमिट्यान्स सेवा संचालनमा ल्याइएको हो ।

बैंकले यसै आर्थिक बर्ष देखि भारत लगायत अन्य देशबाट समेत इन्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । बराक साजन एक्स्चेन्ज लिमिटेड ईङ्ल्याण्ड र वेल्समा एक्स्चेन्ज कम्पनीको रुपमा आबद्ध भएको बराक बैंक लिमिटेड, बंगलादेशको भगिनि संस्था हो । भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाको ठूलो समुदायमा एक्स्चेन्ज सेवा पु¥याउदै आएको बराक साजन एक्स्चेन्ज लिमिटेडले यो संझौता सँगै पहिलो पटक नेपाली समुदायमा पनि सेवा प्रारम्भ गर्नेभएको छ ।

बराक साजन एक्स्चेन्ज लिमिटेडले निकट भविष्यमै पोल्याण्ड, इटली, पोर्चुगल र स्पेनमा पनि आफ्नो सेवा विस्तार गर्दैछ । उक्त सेवापश्चात ति मुलुकमा रहेका नेपालीहरुले समेत जनता रेमिट मार्फत नेपालमा पैसा पठाउन सक्नेछन् ।

उक्त रेमिट सेवाबाट पठाइएको रकम देशभरी रहेका जनता बैंकको १२९ शाखाबाट भुक्तानी लिन अथवा जनता बैंकमा रहेको आफ्नो खातामा जम्मा गर्न सकिनेछ । यस अतिरिक्त करिव १७ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिने बताइएको छ ।

जनता बैंकले देशभरीमा १२९ शाखा सञ्जाल, ५० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ८२ एटिएमबाट सरल र सहज र सरल रुपमा बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्