Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

भार थेग्न नसकेको भन्दै बजफीड, हफपोस्ट अनलाइनले कर्मचारी कटौती गरे



 

१३ माघ, न्यूयोर्क ।   संयुक्तराज्य अमेरिकाका दुईवटा ठूला स्वतन्त्र अनलाइन समाचार वेबसाइट बजफीड र हफपोस्टले आर्थिक भार थेग्न नसकेको भन्दै कर्मचारी, पत्रकारको संख्या कटौती गर्ने निर्णय गरेका छन् । विज्ञापन–आश्रित आर्थिक मोडेल अफाप रहेको सङ्केत जनाउने गरी यी दुबै सञ्चार संस्थाको आर्थिक स्थिति सकङ्टपूर्ण बन्दै गएको छ ।

बजफीडले १४ महिनाभित्रै दोस्रो पटक कर्मचारी कटौती गरेको हो । बजफीडले दोस्रो पटक २०० कर्मचारी हटाउन आन्तरिक सूचना जारी गरेको छ । पहिलो पटक कम्पनीले १०० जना कर्मचारी हटाएको थियो । यो समाचार संस्थामा एक हजार ७०० कर्मचारी कार्यरत थिए ।

हफपोस्टमा पनि सम्पादकीय विभागमा कार्यरत करिब १० प्रतिशत पत्रकार कटौती गरेको छ । हफपोस्टले पत्रकार कटौतीका बारेमा स्पष्ट गरेको छैन ।

हफपोस्टको संस्थापक कम्पनी भेरिजोन मिडिया आफैँले पनि आफ्ना अरु कम्पनीबाट कर्मचारी हटाउँदैछ । भेरिजोनले हाल एओएल, याहू र भेरिजोन मिडिया सर्भिसेज सञ्चालन गरिरहेको छ ।

“ठूलो संख्याका पाठक, श्रोतालाई आफूतिर आकर्षित गर्ने र विज्ञापनको ठूलो हिस्सा ओगट्ने मनसायबाट यी सञ्चारमाध्यम स्थापना गरिएको थियो,” पोइन्टर इन्स्टिच्यूटका मिडिया विश्लेषक रिक एडमन्डले बताए । “तर, गूगल र फेसबुकले बजारमा अनपेक्षित सफलता प्राप्त गरे । यी दुई संस्था सूचना सङ्कलनमा अग्रणी देखिए र ठूलो संख्यामा पाठक, श्रोतालाई पनि आकर्षित गरे ।”

इमाकेटियरको प्रक्षेपणअनुसार, गूगल र फेसबुकले सन् २०१८ को कूल इन्टरनेट विज्ञापनको करिब ५८ प्रतिशत हिस्सा ओगटेका थिए । सन् २०११ मा यी दुईले करिब ४६ प्रतिशत बजार ओगटेका थिए । अर्को ठूलो कम्पनी अमेजनले आफूलाई तेस्रो नम्बरमा उभ्याएको छ ।

“निःशुल्क, विज्ञापन–आधारित मोडेल अपनाउने डिजिटल मिडिया अहिले सङ्कटमा पर्न थालेका छन्,” नर्थइस्टर्न युनिभर्सिटीमा पत्रकारिताका प्राध्यापक ड्यान केनेडीले बताए ।

केनेडीको विचारमा बजफीड र हफपोस्ट दुबै बजारबाट विलुप्त हुने सम्भावना छैन ।

बजफीडका प्रमुख कार्यकारी अधिकृत एवं सहसंस्थापक जोनाह पेरेटीले आर्थिक सङ्कट उत्पन्न भए अरु संस्थासँग गाभिन सक्ने बताउनुभयो । उहाँ हफपोस्टको सहसंस्थापक पनि हुन् ।

उनले सार्वजनिकरुपमै भाइस, भक्स, रिफाइनरी–२९ र ग्रुप नाइनलाई गाभ्न सकिने बताउनुएको छ । यी सबै इन्टरनेट आधारित सञ्चारमाध्यम हुन् । यी सञ्चारमाध्यमले भिडियो सेवा पनि सञ्चालन गरिरहेका छन् तर विगत १८ महिनाभित्रै यिनीले पनि कर्मचारी कटौती गरेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्