Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

चिकित्सा शिक्षा विधेयक : डा केसीसँगकै सहमतिको सार– मन्त्री पोखरेल



१३ माघ, काठमाडौँ  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले हालै प्रतिनिधिसभाबाट पारित भएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ मा प्रा डा गोविन्द केसीसहित सबै पक्षसँग भएका सम्झौता तथा सहमतिको सार भएकाले अब उक्त विधेयक राष्ट्रियसभाबाट पारित गरेर कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा शिक्षामन्त्री पोखरेलले सो विधेयकमा चिकित्सा शिक्षा आयोगले नक्शाङ्कन गरेका आधारमा मात्र मेडिकल कलेज खोल्न पाइने व्यवस्था भएकाले जथाभावी मेडिकल कलेज खोल्ने विगतको परम्परालाई अन्त्य गरेको बताए ।

उनले आफूले सम्मान गर्दै आएका प्रा डा केसीसहित सबै पक्षसँगको भावनालाई टेकेर बनाइएको विधेयक अहिलेसम्मकै सर्वाधिक मूलभूत विषय समेटिएको ठूलो उपलब्धि भएको जिकिर गरे । संसद्को सर्वोच्चतालाई सम्मान गर्दै जारी अनशन समाप्त गर्न डा केसीलाई आग्रह गर्दै मन्त्री पोखरेलले यसबाट उनको गरिमा बढ्ने बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन