Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

वन मन्त्रालयः तीन नीति र आठ ऐन तर्जुमा गर्दै



१३ माघ, काठमाडौँ  । वन तथा वातावरण मन्त्रालयले वातावरण क्षेत्रमा विश्वको बदलिँदो परिस्थिति र संविधानको नयाँ परिवेशानुसार वन, वातावरण र जलवायुसम्बन्धी छुट्टाछुट्टै तीन नीति तर्जुमा अघि बढाएको छ ।

जलवायु परिवर्तनको अवस्थाका बारेमा सञ्चारकर्मीसँगको अन्तक्र्रियामा मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले ती तीन नीतिका आधारमा अन्य आठ ऐन बनाउने (संशोधन र नयाँ तर्जुमा) कामसमेत भइरहेको बताए । वातावरणका क्षेत्रमा अन्तरराष्ट्रिय रुपमा भएका सम्झौता र प्रतिबद्धता एवं नेपालको संविधानानुसार मुलुक नयाँ संरचनामा गएपछिको अवस्थामा नीति कानून परिमार्जन गर्नुपरेको उजले जानकारी दिए । वन तथा वातावरणका अधिकारका सम्बन्धमा संविधानले निर्धारण गरेको अधिकारका कानूनमा स्पष्ट भएपछि तीनै तहका सरकारबीच यस क्षेत्रमा काम गर्न सहज हुने मन्त्रालयको भनाइ छ ।

मन्त्रालय हाल कानून तर्जुमामा केन्द्रित रहेको छ । वन उत्पादनको क्षेत्र पनि भएकाले यसलाई मुलुकको आर्थिक समृद्धिसँग जोड्न थप काम भइरहेको वन सचिव डा ओलीले बताए । मन्त्रालयको जलवायु परिवर्तन महाशाखा प्रमुख डा महेश्वर ढकालले जलवायु परिवर्तनको अवस्थाबारे राष्ट्रिय अन्तर्राष्ट्रिय सन्दर्भ र भावी कार्यदिशाका बारेमा जानकारी दिएका छन् । कार्यक्रममा सहभागी सञ्चारकर्मीले कानून तर्जुमामा सुझाव लिन तल्लो तहदेखि संलग्न सरोकार भएका र यस क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीसँग समेत समन्वय गर्न सुझाव दिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र