back

संयुक्त राष्ट्रसंघद्वारा भेनेजुयलाको राजनीतिक तनाव अन्त्यका लागि आह्वान

वि.सं.२०७५ माघ १३ आइतवार

393 

shares
GLOBAL IME AD
NTC AD

१३ माघ, संयुक्त राष्ट्रसंघ(रासस/सिन्ह्वा) । संयुक्त राष्ट्रसंघका उच्च राजनीतिक अधिकारीले शनिबार सुरक्षा परिषद्मा भेनेजुयलाको राजनीतिक सङ्कट समाधान गर्न वार्ता तथा सहकार्यको खाचो रहेको बताएका छन् ।

“हामीले भेनेजुयलाका जनताले शान्ति र सम्वृद्धि तथा मानव अधिकारको प्रत्याभूत गराउनका लागि राजनीतिक समाधान खोज्नुपर्ने अवस्था आएको छ,” राष्ट्रसंघका उच्च राजनीतिक तथा शान्तिनिर्माण मामिला अधिकारी तथा उप महासचिव रोजमेरी डिकार्डोले बताए ।

भेनेजुयलामा गत हप्ताको बुधबार विपक्षी नेता हुँवा गुइडोले आफुलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि यसबाट सिर्जित अवस्थाबारे छलफलका लागि बोलाइएको १५ सदस्यीय सुरक्षा परिषद्को बैठकमा डिकार्डोको उक्त भनाइ आएको हो ।

भेनेजुयलाको राष्ट्रपतीय निर्वाचनबाट चुनिएर आएका राष्ट्रपति निकोलास मदुरोले राष्ट्रपतिको कार्यभार पुनः सम्हालेको दुई हप्तामै प्रतिपक्षी नेता गुइडोले आफुलाई राष्ट्रपति घोषणा गरे पछि गुइडोको पक्ष तथा विपक्षमा विश्वका विभिन्न मुलुकहरूले भनाइहरू राखेका छन् । आन्तरिम राष्ट्रपतिको घोषणालाई संयुक्त राज्य अमेरिका, ब्राजिल र पेरूले समर्थन दिएका छन् । रूस, चीन, टर्कीलगायतका मुलुकले निर्वाचित राष्ट्रपति मदुरोप्रति नै समर्थन देखाएका छन् । यूरोपेली सङ्घमा आवद्ध मुलुकहरूले तत्काल निर्वाचन गर्न राष्ट्रपति मदुरोलाई दवाव दिएका छन् । उनीहरूले आठ दिनभित्र निर्वाचनको मिति नतोके अन्तरिम राष्ट्रपति गुइदोलाई समर्थन गर्ने शनिबार जनाएका थिए ।

यसैबीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले पनि बुधबार नै आफ्ना प्रवक्तामार्फत जारी गरेको विज्ञप्तिमा भेनेजुयला लगायत दक्षिण अमेरिकी मुलुकको ‘तनाव कम गर्न’ समावेशी तथा विश्वासिलो राजनीतिक पहलको आवश्यकता रहेको बताएका थिए ।

शनिबार महासचिवले सङ्कट समाधानका लागि पुनः आफु मातहतका निकायलाई निर्देशन दिएका बताउँदै उपमहासचिव डि कार्लोले भेनेजुयलाका जनताले मानव अधिकारको पूर्णतया उपभोग गर्ने अवस्थाको वातावरण हुनु सवैको मुख्य चासोको विषय भएको बताए ।

वि.सं.२०७५ माघ १३ आइतवार १८:४७ मा प्रकाशित

म्यान्मामा सुकीको बङ्गलाको लिलामी चौथो पटक असफल

म्यान्मामा सुकीको बङ्गलाको लिलामी चौथो पटक असफल

याङ्गुन । म्यान्माका अधिकारीहरू मङ्गलबार आङ सान सुकीको तालको किनारको...

पाकिस्तानमा २२ वटा वातावरणीय नमूनामा पोलियो भाइरस रहेको पुष्टि

पाकिस्तानमा २२ वटा वातावरणीय नमूनामा पोलियो भाइरस रहेको पुष्टि

इस्लामावाद । पाकिस्तानका विभिन्न क्षेत्रबाट लिइएको २२ वटा वातावरणीय नमूनामा...

भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र

भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र

नयाँ दिल्ली । भारत सरकारले पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारत...

रुसद्वारा दुई दशक यताकै उच्च २१ प्रतिशत ऋण लागत कायम

रुसद्वारा दुई दशक यताकै उच्च २१ प्रतिशत ऋण लागत कायम

मस्को ।  रुसको केन्द्रीय बैङ्कले बढ्दो मुद्रास्फितिसँग जुध्नका लागि शुक्रबार...

ब्राजिलका   पूर्वराष्ट्रपति ७५ वर्षीय कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

ब्राजिलका  पूर्वराष्ट्रपति ७५ वर्षीय कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

ब्रासिलिया ।  ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलोलाई भ्रष्टाचार र...

करका विषयमा चिनियाँ राष्ट्रपति सीसँग कुरा गरेको ट्रम्पद्वारा जानकारी 

करका विषयमा चिनियाँ राष्ट्रपति सीसँग कुरा गरेको ट्रम्पद्वारा जानकारी 

वासिङ्टन ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँग...