Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

पहिलो बच्चा जन्माउनेमध्ये आधा प्रसूति शल्यक्रियाबाट



 

१३ माघ, सियोल (रासस/योनहाप) । दक्षिण कोरियामा पहिलो बच्चा जन्माउने कुल महिलामध्ये आधाले शल्यक्रिया मार्फत् बच्चा जन्माउने गरेको पाइएको छ ।

आइतबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार सन् २०१७ मा शल्यक्रिया मार्फत् बच्चा जन्माउने महिलाको संख्या करिब आधा पुगेको हो ।

स्वास्थ्य बिमा पुनरावलोकन तथा मूल्याङ्कन सेवाका अनुसार सन् २०१७ मा बच्चा जन्माएका मध्ये ४८।८ प्रतिशतले पहिलो बच्चा जन्माउँदा शल्यक्रिया गरेका छन् ।

सो संख्या सन् २०१६ मा भन्दा ३।४ प्रतिशतले बढी हो । सन् २०१६ मा शल्यक्रिया गरेर पहिलो बच्चा जन्माउने महिलाको संख्या ४५।४ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।

कोरियाली समाजमा बढी उमेर भएपछि मात्रै पहिलो पटक गर्भवती हुने प्रचलन बढ्दै गएकाले स्वास्थ्य जटिलताका कारण पहिलो बच्चा जन्माउँदा शल्यक्रिया गर्नु परेको सर्वेक्षणकर्ताहरुको भनाइ छ । कोरियामा पछिल्ला वर्षहरुमा पहिलो पटक गर्भवती हुने महिलाको उमेर बढ्दै गएको पाइएको छ ।

सर्वेक्षणका अनुसार करिब ३५ वर्ष वा सोभन्दा माथिको उमेरमा पहिलो पटक गर्भवती हुने महिलाहरुको संख्या करिब २९ प्रतिशत रहेको छ । सन् २००६ मा भने यो संख्या १४ प्रतिशतको हाराहारी थियो ।

सर्वेक्षणकर्ताहरुले सन् २००६ मा ३५ वर्षको आसपासमा गर्भवती हुनेमध्ये ७ प्रतिशत पहिलो पटक गर्भवती भएका महिला रहेको जनाएका छन् । हरेक वर्ष गर्भवती हुने उमेर बढ्दै गइरहेको पाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४