Logo
१५ जेष्ठ २०७९, आईतवार
     Sun May 29 2022
E-paper
  English Edition
   Unicode
Logo

किन हुन्छ नेपालमा खाद्य असुरक्षा ?



“हात बाँधेर, बसी बसि चामल खान पाइने ठाउँमा किन मेहनत गर्ने ? भन्ने बानी पारिदिएको छ काठमाडौंले । यो “भात खाने र कोदो र फापर नफलाउने” दीर्घकालिन रोग पंचायतको पालादेखि चलिआएको छ र यो रोग मेटाउन जस्तोसुकै सरकार आएपनि कसैले निराकरण गर्न चाहदैनन् । किनभने “खाद्य असुरक्षा भएको ठाउँमा चामल पठाउने होइन, स्थानीय कोदो, फापर, मकै, आलु नै फलाउन जोड गर्नुपर्छ र जनतालाई भोकबाट बचाउनु पर्छ” भन्ने उपचार गर्ने कुरा उठाउने बित्तिकै अलोकप्रिय भइहालिन्छ । त्यसैले किन यस्तो उपचार गर्न तम्सिनु भनेर सरकार चुप छ ।

मुगुमा सात वर्ष अघि जाँदा रारा ताल नजिकै बस्ने र निकुन्जमा नै हेरविचार गर्ने एक कर्मचारीको घरमा बस्न गएको थिएँ । उनका ५ छोराछोरी सबै कुपोषणबाट ग्रस्त थिए । त्यो कुपोषण गरिबीको कारणलेभन्दा पनि अज्ञानताको कारणले थियो र अज्ञानता भन्दा पनि विश्व खाद्य संघ र नेपाल सरकारले मिलेर कर्णालीका जनताप्रतिको “चामल कोचाउने कामको कारणले” थियो ।

मुगुमा फल्ने कोदो, फापर, मकै र आलुलाई चाहिँ खाद्य पदार्थ नै नमानेर, “खाना भनेको नै चामल हो भनेर” त्यहाँका जनतालाई घोकाइएपछि र नेपालगंजबाट चामल लगेर तथाकथित खाद्य संस्थान भनाउँदो संयत्रले सस्तोमा “ठूलो मान्छेले खाने चामल, काठमाडौंका जनताले खाने चामल बाड्न” थालेपछि मुगुका, जुम्लाका, बझाङ्गका जनताले किन रोपुन फापर ? किन खाउन कोदो ?

“हात बाँधेर, बसी बसि चामल खान पाइने ठाउँमा किन मेहनत गर्ने ? भन्ने बानी पारिदिएको छ काठमाडौंले । यो “भात खाने र कोदो र फापर नफलाउने” दीर्घकालिन रोग पंचायतको पालादेखि चलिआएको छ र यो रोग मेटाउन जस्तोसुकै सरकार आएपनि कसैले निराकरण गर्न चाहदैनन् । किनभने “खाद्य असुरक्षा भएको ठाउँमा चामल पठाउने होइन, स्थानीय कोदो, फापर, मकै, आलु नै फलाउन जोड गर्नुपर्छ र जनतालाई भोकबाट बचाउनु पर्छ” भन्ने उपचार गर्ने कुरा उठाउने बित्तिकै अलोकप्रिय भइहालिन्छ । त्यसैले किन यस्तो उपचार गर्न तम्सिनु भनेर सरकार चुप छ ।

यो विषयमा एकजना स्वास्थ्य विशेषज्ञले मलाई इमेलमा लेखेका थिए–“कर्णालीमा भातै खुवाउने कार्यको पछाडि विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरू र नेपाली कर्मचारीहरूको एक गिरोह छ, जसले चामल नदिए जनता भोकै हुन्छ भन्ने एउटा खराब भावना भरिदिएको छ” ।

नेपालमा खाद्य तथाकतिथ असुरक्षा देखाइएको कारणले नै कति अन्तर्राष्ट्रिय संस्थाहरूको त्यहाँ लामो बसाई हुन सम्भव भएको छ । नेपालमा साच्ची नै के खाद्यान्नको अभाव छ त भनेर विश्लेषण गर्ने हो भने एउटा कुरा स्पष्ट रूमपा भन्न सकिन्छ “खाद्यान्नको अभाव होइन तर भएका खानेकरालाई खाद्यान्न नमानेर, स्थानीय रूपमा फल्ने पोषणयुक्त खानेकुरालाई प्रयोग नगरेर, चामलै खानुपर्छ भन्ने भावनाले गर्दा देखिन गएको हो खाद्य असुरक्षा ।”

त्यसै विषयलाई लिएर कतिपय पत्रिकामा छापिएका पनि छन् “कर्णाली क्षेत्र लगायत पहाडी जिल्लामा विश्व खाद्य कार्यक्रम र खाद्य संस्थानले निम्ताएको हो खाद्य संकट” ।
तर खोई त नेपाल सरकारका विशेषज्ञ र विश्व खाद्यान्न संघलाई हामीले औला ठड्याएर पहाडी जिल्लामा स्थानीय रूपमा फल्ने कोदो र फापरलाई नै उब्जाउन मद्धत गर नभनेको छ ?

नेपाल सरकार, कृषि तथा सहकारी मन्त्रालयले जबकी आफैंले निकालेको सानो पुस्तिकामा सुन्दर ढंगले लेखेको छ “नेपालका पहाडी एवं हिमाली भेगहरूमा फापरको खेती गरिन्छ र फापरको उपभोग मुख्य आहारको रूपमा गरिन्छ ।” कृषि मन्त्रालयले लेखेको यो कुरा विश्व खाद्य संघको ठूलो ठूलो अफिससम्म पुग्नै भ्याएको छैन । त्यसैले मुख्य आहार फापरलाई विस्थापित गरेर “खाद्यान्न अर्थात् चामल” नै ढुवानी गरेको नेपाल सरकारले र विश्व खाद्य संघले प्रति १०० ग्राममा १३.२५ ग्राम प्रोटिन पाइन्छ फापरमा तर चामलमा ६–८ ग्राम भने कुपोषणबाट बचाउन फापरको प्रयोग नगरेर कुहिएको ढुवानी गरेको चामल नै किन प्रयोग गराउन खोजेको होला यी संस्थानले ?

जसरी ठूला ठूला बहुराष्ट्रिय कम्पनीले गाउँमा पाइने दही र मोहीलाई बिस्थापित गरेर “ठण्डा, चिसो” खाउ भनेर विज्ञापन गरेपछि अछामको दुर्गम भागमा पनि दही र मोहीको सट्टा महंगो “चिसो र ठण्डा पेय” पदार्थ खाइन्छन् । त्यसरी नै दैलेख देखि मुगुुम्म नै अन्य अन्न र खाद्यलाई नखाएर “चामल खाने बानी” लगाइदिएकोमा हुनाले नै धेरैजसो खाद्य असुरक्षा हुन पुगको छ ।

मुगुमा जाँदा मैले वृषबहादुरलाई “कोदो र फापरको ढिडो पकाउने जमर्को गरौं न” भन्दा उनले भनेको कुरा अझैसम्म याद छ । “आजकल कोदो र फापर खोज्न कता जानुपर्छ । सदरमुकाम गमगढी गयो चामल ल्यायो खायो । किन फापर उमार्ने दुःख गर्नु ? लौ तपाईले भनिहाल्नु भयो भोली कतै गाउँबाट खोजेर ल्याइदिउला ।”

कुपोषित भएका उनका छोराछोरीलाई देखेर मैले भनेको थिएँ “यिनलाई पनि बिस्तारै कोदो, फापर र आलु खुवाउनुस् । दिनमा ३–४ चोटी गरेर अनि कुपोषण हट्छ ।” “हि हि… तपाई पनि के कुरा गरेको ? आलु र फापरले पनि कसरी कुपोषण हट्दो हो” आफ्नै पारामा उत्तर दिएका वृष बहादुरको कुराले मलाई हाँस पनि उठ्यो, रिस पनि उठ्यो । “मलाई किन विश्वास नगरेको होला यिनले” भनेर तर पछि त्यहीँ बसेर बुझ्दै बुझ्दै जाँदा थाहा भयो कि “सरकारी कर्मचारीले ल्याउने चामल पो राम्रो, हाम्रौ बारीमा फल्ने सिमी, कोदो, फापर, आलु त के राम्रो हुन्छ र ?” भन्ने भावना सबै मुगुभरि छरिएको छ । गमगढीको पसलमा जाँदा कहिपनि कोदोको रोटी खान पाइँन । “खोइ कोदो र फापर खान त मान्छे आउँदैनन् हामी त राख्दैनौं” होटेलका मानिसहरूको मुखबाट सुनियो ।

डा तिर्थबहादुर श्रेष्ठले एकचोटी हिमाल पत्रिकामा लेख्नु पनि भएको थियो–“कर्णालीको भोक भनेको चामको भोक हो” अर्थात् त्यहीँको स्थानीय बाली प्रयोग गर्ने हो भने किन हुन्छ र खाद्य असुरक्षा र भोक ? तर वहाँको कुरा सुन्न चाहेनन् खाद्य संस्थानका मानिसहरूले ।
जति चामलको मोल पर्छ त्यो भन्दा बढी खर्च त ढुवानीमा नै हुन्छ । “जहाज र हेलीकप्टरले चामल ढुवानी गरेर नै भएको विभिन्न जिल्लाहरूमा खाद्य असुरक्षा “नाम दिन नचाहने एक सरकारी कर्मचारीले मलाई गमगढीमा भनेका थिए । हुन पनि अचम्म छ । “आलु युरोपको विभिन्न मुलुकहरूमा मुख्य खानाको रूपमा प्रयोग हुन्छ” भनेर नेपाल सरकारबाट कृषि तथा सहकारी मन्त्रालयले लेख्छ । तर त्यही आलुलाई कर्णालीमा चाहिँ मुख्य खानाको रूपमा मान्न तयार हुँदैन विश्व खाद्य संघ र सरकारको खाद्यान्न संस्थान ।

वास्तवमा खाद्यान्न संस्थानको नाम फेरेर चामल संस्थान राखेपनि केही फरक पर्नेवाला छैन । किनभने खाद्यान्न संस्थानले कोदो, फापर, मकै आदिलाई ढुवानी गरेर कर्णालीमा खाद्य सुरक्षा गरेको कुरा कहिले सुनेका छौं हामीले ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी