१४ माघ, काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै देशभरका ८ हजार चिकित्सक एकैपटक रिले अनशन बस्ने भएका छन् । डा. केसीको जीवनरक्षाको लागि सरकारले कुनै पहल नथालेको भन्दै नेपाल चिकित्सक संघको आव्हानमा देशभरका चिकित्सकले सोमबार देखि रिले अनशन बस्ने भएका हुन् ।
जसका कारण देशभरका निजी तथा सरकारी अस्पतालको ओपिडी सेवा समेत प्रभावित हुने भएको छ ।
डा. गोविन्द केसीसँग सरकारले गरेका सम्झौता कार्यान्वयन र उनको जीवनरक्षाको माग गर्दै चिकित्सक संघले सोमबारदेखि रिले अनशनमा बस्ने घोषणा गरेको हो । आजको राजधानी दैनिकबाट