
१४ माघ, काठमाडौं । देशको प्रमुख प्रशासकिय केन्द्र सिंहदरबारको पश्चिम गेटको छेउमा ११ तले होटल खुल्दै छ । होटलबाट छेउमा रहेको राष्ट्रिय अनुसन्धान विभागको सम्पूर्ण कार्यालयको निगरानी गर्न सकिन्छ भने सिंहदरबारनै सुरक्षा ‘जोखिम’मा परेका छन् ।
होटल निर्माण सुरु भएलगत्तै राष्ट्रिय अनुसन्धान विभागले तत्काल रोक्नुपर्ने भन्दै गृहमन्त्रालयमार्फत् सरकारलाई प्रस्ताव गरेको थियो । सिंहदरबारका अन्य निकायले पनि यसले असुरक्षा निम्त्याउने आवाज उठाएपछि केहि समय निर्माण रोकियो । तर, निर्माणकर्ता विशाल पण्डितले पछि लविङ गरेर होटल निर्माणलाई निरन्तरता दिएका थिए । अहिले होटल सञ्चालनको तयारी भइरहेको छ । आजको नयाँपत्रिका दैनिकबाट