Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

गौशालामै सयौं गाई मृत फेला



१४ माघ, घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला परेका छन् ।

नगरक्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ बनाइराखिएको पशुचौपायालाई खानाका लागि आहार र पिउनका लागि पानी र बसोबासको उचित व्यवस्था नहुँदा मर्दै गएको हेरालु लालसिङ धाँमीले बताए ।

उनले भने, “यहाँ गाईबस्तुलाई पिउने पानी नभएको, खानेकुराको अभाव भएको र चिसोको महीना खुला आकाशमुनि हुँदा पनि गाईबस्तु मरेका हुन् । शुरुमा करीब तीन हजारको सङ्ख्यामा गाईबस्तु रहे पनि अहिले जम्मा १५० मात्र छन् ।”

नगरपालिकाले ठूलो रकम खर्च गरे पनि पशु चौपायालाई चरीचरन र पानीको उचित व्यवस्था गरिएको छैन । नगरपालिका र वडा कार्यालयलाई जानकारी गराउँदा पनि चासो नदिएको अर्का हेरालु भोजबहादुर चौधरीले बताए । आफूहरूलाई पनि बस्नका लागि उचित व्यवस्था नभएकाले प्लाष्टिकको छानाको भरमा रात काट्नुपर्ने बाध्यता रहेको उनको गुनासो थियो ।

नगरपालिकाभित्र रहेका छाडा पशु चौपायालाई व्यवस्थापन गर्ने भन्दै घोडाघोडी नगरपालिकाले गत साउन महीनामा वडा नं ७ का अध्यक्ष धनबहादुर बमको संयोजकत्वमा छाडा पशुचौपाया व्यवस्थापन समिति गठन गरी रु ३० लाख उपलब्ध गराएकामा हालसम्म रु १५ लाख भन्दाबढी खर्च भइसकेको नगरपालिका वडा नं ८ अध्यक्ष तथा छाडा पशु चौपाया व्यवस्थापन समितिका सदस्य भीम बोगटीले बताए ।

उनले भने, “बारम्बार नगरपालिकाको हरेक कार्यपालिका बैठकमा आफूले पशुचौपाया व्यवस्थापन गर्नतर्फ संवेदनशील हुन आग्रह गरे पनि आफ्नो कुरालाई बेवास्ता गरिएकाले आज यस्तो दिन आएको हो ।”

नगरप्रमुख ममताप्रसाद चौधरीले व्यवस्थापन गरिएका ठाउँमा पशु मर्न थालेको जानकारी पाएको र ती पशुचौपाया व्यवस्थापनमा केही कमजोरी भएका कारण मरेकाले आफूले नैतिक जिम्मेवारी लिने बताउँदै आफूहरुले जति सकिन्छ गरे पनि नसक्ने स्थिति आएको स्वीकार गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले