
१४ माघ, काठमाडौं । केहि दिन अघि परेको हिउँले केही ठाउँमा जनजीवन प्रभावित भएको छ भने केही ठाउँमा भने हिउँ पर्नुलाई उत्सवका रुपमा लिइएको छ ।
म्याग्दी, पर्वत, हुम्ला, जुम्ला बाजुरा, बैतडी, दोलखा लगायतका जिल्लामा अत्यधिक हिउँ परेको छ । हिउँले हुम्लामा एकहप्तादेखि विमानस्थल संचालनमा आउन सकेको छैन । हवाइ सेवा प्रभावित हुँदा त्यहाँ नेपाल प्रहरी, नेपाल आर्मी, शसस्त्र प्रहरी बल, सिमकोट गाउँपालिका जनप्रतिनिधि, पर्यटक, स्थानीय महिलालगायतले सिमकोट विमानस्थलको हिउँ पन्छाउने काममा लागेको समाचार छ ।
त्यस्तै दोलखाको फुलचोकीमा हिउँ पर्नुलाई उत्सवको रुपमा लिइएको छ । त्यहाँ दशौं हजार पर्यटक हिउँ खेल्न पुगेका छन् । स्थानीयका अनुसार हिउँका कारण खानेपानीको समस्या तथा होटल खाली नहुँदा पनि त्यहाँका होटलहरु एकहप्ताका लागि बुकिङ भएको बताइएको छ ।
त्यस्तै हुम्ला जुम्ला, पर्वत लगायतका किसानहरुमा खेती सप्रने खुसीयाली छाएको छ । म्याग्दीमा पनि हिउँ परेका कारण आन्तरिक पर्यटक बढेको बताइएको छ ।
धादिङको रुबिभ्याली गाउपलिका वार्ड न .४ हिम्दुङमा हिमपातको कारण भेडिगोठ सारी ओडारमा बसेको अबस्थामा पहिरो आइ नुर्बु तामाङ बर्ष ४५ र धन बहादुर तामाङ बर्ष १८ र २०० भेडा ६० भेडी पाठा पुरिएको समाचार छ । उनीहरुको उद्धार क्रम जारी रहेको बताइएको छ ।




