back

छमछमी नाच !

वि.सं.२०७५ माघ १४ सोमवार

189 

shares
NTC AD
Global IME AD

बोकेर काँधमा कुहेको लास
छमछमी नाच कमरेड छमछमी नाच !
सोझा निमुखा त मरे मरुन
तिमी चै वाँच कमरेड तिमी चै वाँच !
बोकेर काँधमा……!

यादहरूले सताउलान ,
जम्मा गरेर सारा जलाऊ !
आस्था निष्ठाका स्तम्भहरू ,
राख्नु हुदैन वाँकि ढलाऊ !
बिर्स बिगतका बाचाहरू ,
ती काम नदिने बाचाहरू !
बिर्स बिगतका बाटाहरू ,
ती लक्ष नपुगिने बाटाहरू !

युध्दमा बगेको सहिदको रगत,
कुर्सीसँग साट कमरेड कुर्सीसँग साट !
बोकेर काँधमा कुहेको लास,
छमछमी नाच कमरेड छमछमी नाच !

लाज लजावस केही हुन्न
कोसिस गर र लाजै पचाऊ !
इमान जमान त मर्यो मर्यो ,
त्यो हाड-छाला मात्रै बचाऊ !
धोका दिएर स्ववर्गलाई ,
वैरीको पाऊमा शरण पर !
जित्न सकेनौ शेष समर,
जे जे सकिन्छ त्यही गर !

मृत्यु-उत्सवको नाटक गरेर,
थुकेर चाट कमरेड थुकेर चाट !
बोकेर काँधमा कुहेको लास,
छमछमी नाच कमरेड छमछमी नाच !

२०७५|१०|१३
सुवर्ण चोक, भक्तपुर

वि.सं.२०७५ माघ १४ सोमवार ०९:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कविता : खटपट

कविता : खटपट

निम्बतरु, अर्घाखाँची नासिकाबाट सलसली पानी बग्यो ओष्ठ चिसो भयो नासिका...

टुक्का कविताहरू

टुक्का कविताहरू

जी.वि.कश्यप, घोराही–१४ दाङ १. जन्मभूमि कर्मभूमि नेपाल आमा हाम्रो भौतिक...

कविता : समाधानको मार्ग खोजौँ

कविता : समाधानको मार्ग खोजौँ

कल्पना भट्टराई,टोखा, काठमाडौं हिलोमा डुबेको छ चुर्लुम्म देश, भयो पाइला...