back

हराइरहेका गोठालोको खोजी गर्न सेना परिचालन

वि.सं.२०७५ माघ १४ सोमवार

441 

shares
GLOBAL IME AD
NTC AD

१४ माघ,धादिङ । ओडारमा भेडाबाख्रासहित पहिरोले पुरिएर हराइरहेका दुई गोठालाको खोजी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र पहरीले संयुक्त रुपमा गर्ने भएका छन् ।
उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङ नजिकै आइतबार बिहान पहिरोमा ओडार पुरिएकाले ४५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ त्यसमै परेको हुनसक्ने आशङ्का गरिएको छ ।

प्रदेशसभा सदस्य जगत सिंखडा, पूर्वगृहमन्त्री बुद्धिमान तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले सो क्षेत्र अवलोकन गरी सदरमुकाम फर्केपछि जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेर संयुक्तरुपमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीमार्फत उद्धार गर्ने निर्णय गरिएकोे थियो । घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दूरीमा छ । हिँडेर उद्धारकर्मी जान नसक्ने भएपछि गृहमन्त्रालयमा हेलिकोप्टरसहित आवश्यक उपकरण उपलब्ध गराउन माग गरिएको छ ।

गृहमन्त्रालयको आदेश पाएपछि आज बिहानै घटनास्थल पुगेर उद्धार शुरु गरिने प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए । ओडारमा २०० भेडा र ५० बाख्रा पहिरोमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ । पहिरोमा केही भेडा मरेको देखिए पनि ठूला ढुङ्गा सामान्य तरिकाले हटाउन नसकिने भएकाले संयुक्त रुपमा उद्धार गर्ने तयारी गरिएको हो ।

दुई दिन अघिदेखि हिउँ परेर केही उघ्रिएकाले भेडाबाख्रा लिएर जङ्गल गएका बखत शनिबार पुन हिउँ परेकाले ओडारभित्र बसेका उनीहरु ओडारमाथिको पहिरोले पुरिएका हुनसक्ने बताइएको छ । पहिरोले पुरिएपछि केही भेडा पहिरोमा चेपिएर मरेको देखिए पनि अन्य भेडा र मानिस कस्तो अवस्थामा छन् भन्ने जानकारी नभएको र उनीहरु जीवितै हुनसक्ने भएकाले सुरक्षित उद्धार गरिनुपर्ने प्रदेशसभा सदस्य जगत सिंखडाले घटनास्थलबाट सदरमुकाम फर्केपछि बताए ।

वि.सं.२०७५ माघ १४ सोमवार १०:१८ मा प्रकाशित

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार...

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार...

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको...

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग...

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

काठमाडौँ । बालाजुमा एक महिलाले आफैँलाई आगो लगाएकी छन् ।...

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

काठमाडाैँ ।  निजी विद्यालयको छाता संगठन प्याब्सनले सामुदायिक विद्यालयका शिक्षकले...