Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

साउदी अरबको पेट्रोल कम्पनीको आम्दानीमा वृद्धि



१४ माघ, रियाद, साउदी अरब ।  साउदी अरबको प्रसिद्ध पेट्रोल कम्पनी (एसएबीआइसी) ले गत वर्षको अन्तिम त्रैमासिकमा पेट्रोलको मुल्यमा देखिएको गिरावटका कारण खूद नाफामा पनि गिरावट देखिएपनि सन् २०१८ को समग्र मूल्यमा वृद्धि भएको उक्त कम्पनीले जनाएको छ ।

साउदी अरबमा सबैभन्दा ठूलो पेट्रोल कम्पनी एसएबीआइसीले जारी गरेको विज्ञप्तिमा गत वर्षको अन्तिम त्रैमासिकमा कम्पनीको नाफा १२.४ प्रतिशतमा झर्दा ८६ करोड ४० लाख अमेरिकी डलरको कारोवार भएको छ । सन् २०१७ को सोही समयमा कम्पनीले ९८ करोड ७० लाख अमेरिकी डलरको कारोवार गरेको थियो ।

कम्पनीले खुद नाफामा कमी हुनुको कारण पेट्रोलको निम्न मूल्य कायम हुनु र कम्पनी आबद्ध संस्थाको कारोवार अभियानमा देखिएको सुस्तता जिम्मेवार भनेको छ । यद्यपि एसएबीआइसीले सन् २०१८ को समग्र कारोवारमा कम्पनीको खूद नाफा १७ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

विश्वका ठूला १० शैलरासायन कारोवार कम्पनीमध्येको एक एसएबीआइसीले सन् २०१८ को खूद नाफा पाँच अर्ब ७४ करोड अमेरिकी डलर रहेको बताएको छ । अघिल्लो वर्ष उक्त कम्पनीको खूद नाफा चार अर्ब ९१ करोड रहेको थियो ।

सन् २०१८ मा पेट्रोलको मूल्यमा क्रमिकरूपमा वृद्धि देखिएको भए पनि चौथो त्रैमासिकमा ४० प्रतिशतले घटेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन