back

‘निर्मलाको डिएनएसँग आमाको नमुना मिल्यो’

वि.सं.२०७५ माघ १५ मंगलवार

417 

shares
GLOBAL IME AD
NTC AD

१५ माघ, कन्चनपुर । निर्मला पन्त र उनकी आमा दुर्गादेवीको डिएनए मिलेको प्रहरीले जनाएको छ । निर्मलाको ‘भजाइनल स्वाब’ र दुर्गादेवीको रगत परीक्षण गर्दा डिएनए मिलेको कञ्चनपुर प्रहरी प्रमुख एसपी कुँवेर सिंह कडायतले बताएका छन् ।
आमा दुर्गादेवीबाट संकलन गरिएको नमुना राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको थियो । सोमबार प्रयोगशालाबाट आएको डिएनए रिर्पोट खोलिएको कडायतले बताए ।
बलात्कारपछि हत्या भएको ६ महिनामा कैयौं शंकास्पद व्यक्तिको डिएनए टेस्ट गर्दा मेल नखाएपछि परिवारका सदस्य तथा अधिकारकर्मीले निर्मलाको डिएनए नमुनामै शंका गरेका थिए । शंका पुष्टि गर्न ३५ पुसमा दुर्गाले रगतको नमुना दिएकी थिइन् । निर्मलाको स्वाब हो–होइन यकिन गर्न उनका बाबुआमा दुवैको रगतको नमुना संकलन गर्नुपर्न माग अधिकारकर्मीले पनि गरेका थिए । आजको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ माघ १५ मंगलवार ०७:५३ मा प्रकाशित

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म...

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको...

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला...

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित...