१५ माघ,काठमाडौं । विभिन्न विकास आयोजनाको नाममा ठेकेदारहरुले पेस्की स्वरुप राज्यबाट लिएको २४ अर्ब रुपैयाँ डुब्ने अवस्यामा रहेको छ ।
ठेक्का सम्झौता गर्दा पेस्कीस्वरुप ठेकेदारले लिएको २४ अर्ब रुपैयाँ लिएका छन् । तर, सो रकम लिएर ठेकेदार बेपत्ता रहेका छन् । उनीहरुले सम्झौता बमोजिम कुनै काम नगरेपनि सरकारी निकायलाई गुमराहमा राख्दै २४ अर्ब रुपैयाँ आफ्नै खल्तीमा राख्न सफल भएका छन् । २४ अर्ब रुपैयाँ डुब्ने अवस्थामा पुग्दा पनि विकास सञ्चालन गर्ने तालुक निकाय भने कानमा तेल हालेर बसेको पनि आजको राजधानी दैनिकमा समाचार छ ।
ठेकेदारबाट राखिएको धरौटी स्वरुपको ६ अर्ब रुपैयाँ जफत गर्न पनि सरकार असफल देखिएको छ ।