back

नक्कली ब्लुबुक बनाई पौने तीन करोड ठगी गर्ने पक्राउ

वि.सं.२०७५ माघ १५ मंगलवार

483 

shares
GLOBAL IME AD
NTC AD

१५ माघ, काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली ब्ल्यू बुक बनाई बैँकबाट कर्जा लिएर रु दुई करोड ७१ लाख ७६ हजार ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले देव विकास बैंकका विभिन्न शाखाबाट सवारी कर्जा लिने प्रयोजनका लागि सम्बन्धित शाखा कार्यालयको कर्मचारी र मूल्याङ्कनकर्तालाई सवारी देखाई ठगी गर्ने आठ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका ऋणी ३६ वर्षीय नारायण श्रेष्ठ, ३० वर्षीय बालकृष्ण श्रेष्ठ, ३४ वर्षीय चेतबहादुर श्रेष्ठ, २६ वर्षीय विकास श्रेष्ठ, ३२ वर्षीय नविन श्रेष्ठ, ४२ वर्षीय कृष्णबहादुर खत्री, मूल्याङ्कनकर्ता पर्साका नरेशमान सिंह अमात्य र बैंकका शाखा प्रबन्धक काठमाडौँका सरिनशङ्कर श्रेष्ठ छन् ।

ब्यूरोका प्रवक्ता उमाप्रसाद चतुर्वेदीले यातायात कार्यालयबाट प्राप्त प्रतिलिपि ब्ल्यू बुकमा गलत विवरणसहित सही छाप गरी सुरक्षणस्वरुप बैंकमा धितो राखी विभिन्न ११ वटा ऋणीको नाममा नक्कली कागजात बनाएर ठगी गरेको बताए ।

पक्राउ परेकालाई बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ र मुलुकी ऐन सरकारी छाप दस्तखत कीर्ते कागजको महलबमोजिम अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।

वि.सं.२०७५ माघ १५ मंगलवार ०८:३८ मा प्रकाशित

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

काठमाडौँ । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग मुद्दामा आरोपित...

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा...

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

काठमाडौँ । सप्तरीको सुरुंगा नगरपालिका ७, राम टोलकी एक युवती...

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

बागमती । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा...